दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
१०८ दाता आमाहरूको योगदान र पाणिनिलाई जीवन्त राख्न जुटाै ।
२००७ साल अगावै दुराडाँडामा शिक्षाको लहर चलिसकेको थियो । यसको नेतृत्व श्रीकान्त अधिकारी लगायत पं.तोयनाथ अधिकारी, ले शेषकान्त अधिकारी, मु. हरिभक्त पौडेल लगायत समस्त दुराडाँडाको साथबाट शैक्षिक आन्दोलन चलाइएको थियो । सर्वोदय मा.वि लगायत १२ सदन प्रा.वि. ले दुराडाँडाको गहना पहिरिएको थियो भने शिक्षाको उर्वर भूमी भै पश्चिम ३ नं. मा दुराडाँडा शिक्षाको मुहान कहलिएको थियो । हलो क्रान्ति, शैक्षिक क्रान्ति, सामाजिक क्रान्तिका साथै देशमा चाहिने शिक्षा नीतिका लागि शिक्षा सम्मेलन यसै डाँडामा सम्पन्न भएका थिए । दुराडाँडामा तत्कालिन वरिष्ठ नेता वि पि कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, डिल्लीरमण रेग्मी, भरत शमसेर, श्री भद्र शर्मा, राजेश्वर देवकोटा लगायतका नेताहरूलाई यीनै क्रान्तिले डोर्याएको थियो । शिक्षाको चेतनाले दुराडाँडा अगाडि बढेका पनि केही अधुरै रहेजस्तो थियो । अंग्रेजी शिक्षाले समाज सुधार अधुरो हुन्छ भन्ने चेतनामा चेत भएका पं. बद्रीनाथ सुवेदीले श्रीकान्त अधिकारीसँग सहकार्य गर्न र उक्त कार्य दुराडाँडाले गर्न सक्छ भनी संस्कृत स्कूलको जग हाल्न उत्प्रेरणा जागृत गराउनु भएको थियो । यसैको प्रादुर्भाव रह्यो पाणिनि संस्कृत मा.वि. । १०८ आमाहरूको मुठ्ठी दानबाट संस्कृत स्कूलको जग महिला सशक्तीकरणबाट जन्मेको स्कूल भन्दा आमाहरूका सम्मान हुन जान्छ पाणिनि संस्कृत मा.वि. को । यो स्कूल संचालनमा आउँदा जे जस्ता हन्डर खायो त्यो एक जिउँदो इतिहास बनेर रहिरहने छ । विभिन्न राजनैतिक हावाहुरीले यो स्कूलमा ठूलै चोट पुर्यायो जसको परिणति आज भोग्दैछ । यस विषम अवस्थालाई केही नयाँ सोचले यस स्कूललाई वैदिक परम्परामा लगाउन सके नयाँ मोड लिने छ । यो अवस्था पाणिनि संस्कृत मा.वि को मात्रै नभै समस्त संस्कृत शिक्षा को हो ।
पाणिनिलाई सशक्त बनाउन पर्दछ भनि १०८ दान गर्ने आमाहरूको इतिहासकार अध्यावधिक बनाउन सकिन्छ । उहाँहरूको पछिल्लो पुस्ताला्इ समेत उत्साह प्रयासमा सरिक बनाउन सके आमाहरूको योगदान र पाणिनि जीवन्त बन्छ भने संस्कृत संस्कृती देखि दुराडाँडा को पहिचान जोगाउन सकिन्छ कि भनि यस दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले पाणिनि गुरूकुल आश्रमलाई सहयोग पुगोस् भनि यो १०८ आमाहरूको विवरण संकलन गरि पाणिनिलाई बुझाउन यो फारम तयार गरि यहाँ राखिएको छ । सजिलोका लागि १०८ दान गर्ने आमाहरूको प्राप्त नाम समेत यहाँ उल्लेख गरिएको छ यदी कोही कसैलाई यसमा आफ्नो आमाको नाम छुट भएको लागेमा पाणिनि गुरूकुल आश्रम दुराडाँडामा सम्पर्क गरि छुट पेटमा आफ्नो प्रमाण सहित सम्पर्क गर्न सक्नु हुने छ । यो हाम्रो शुरुवाती मात्रै हो । यसको उदेश्य आमाहरूको अर्को पुस्ताले कम्तिमा रू १०००० दश हजार उनै आमाको स्मरणमा राखेमा मात्रै रू ५ करोड भन्दा बढी संकलन हुने छ जसलाई अक्षयकोष बनाएर राखेमा पनि पाणिनि ढल्ने छैन र आमाहरू जीवन्त बन्ने छन् भन्ने हो । उक्त पुण्य काममा सबैले सहयोग गरि यो फारम भरि सहयोग गरिदिनु हुन सबैमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान हार्दिक अपिल गर्दछ ।
अध्यक्ष
दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान
चन्दादाता/ अक्षयकोषदाताहरूको सूची