flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

संस्थाको कोष

Home
/
संस्थाको कोष

संस्थाको आर्थिक विवरण

कोषको अवस्था

प्रतिष्ठानको कोषको मुख्य श्रोत पारिवारिक योगदानसदस्यता शुल्कविभिन्न सरकारी गैरसरकारी निकायबाट प्राप्त सहयोग, बैंकबाट प्राप्त हुने व्याज तथा सहृदयी दाताहरुबाट प्राप्त हुने सहयोग नै हो। स्वर्गीय श्रीकान्त अधिकारीकी धर्मपत्नी र छोरीहरु तथा भाई अरुणकान्त अधिकारीसमेतबाट अक्षयकोष स्थापनार्थ एकमुष्ठ २० लाख रुपैयाँ योगदान भएको छ। अक्षय कोष वृद्धिकै लागि काठमाडौं महानगरपालिकाबाट गत आर्थिक वर्ष २०७९।०८० मा ५ लाख रुपैयाँ योगदान भएको छ। उल्लिखित रकम र प्रतिष्ठानका शुभेच्छुक दाता एवं आजीवन सदस्यहरुबाट प्राप्त सदस्यता शुल्क तथा बैँकबाट प्राप्त भएको व्याजसमेतबाट हाल संस्थाको अक्षय कोषमा रु.३२,००,०००।०० रहेको छ। 

उक्त अक्षय काेष लुम्विनी विकास बैक बसुन्धरामा रहेकाे छ भने Global IME बैक महाराजगन्जमा बचत खाता रहेकाे छ । व्याज तथा अन्य स्राेतबाट हुने आम्दानी यसै खातामा रहन्छ । उक्त खातामा रहेकाे रकमबाट संस्थाकाे गतिबिधी संचालन हुदै आएकाे छ । टाेखा नगरपालिका सहयाेगी संस्थाकाे रूपमा रहि चेतनाकाे मुहान प्रकाशन देखि लिएर विभिन्न संस्थागत सहयाेगमा भूमिका रहेकाे छ । टाेखा ७ नं. वडा अध्यक्ष लगाएत पदाधिकारी, नगर प्रमुख, कार्यकारी अधिकृत लगाएत सम्पूर्ण टाेखा नगर पालिका परिवारलाइ धन्यवाद ज्ञापन गर्दछाै । प्रकाशनहरूमा विज्ञापन दिएर संस्थाकाे काेषमा याेगदान दिने सबै विज्ञापन दातालाइ पनि यहाँ हामीले सम्झनै पर्ने हुन्छ । 

आर्थिक वर्ष सकिए पछि हरेक वर्ष लेखा परिक्षण गरि आर्थिक विवरण कर कार्यालयमा बुझाइ नियम अनुसार करचुक्ता प्रमाण पत्र लिने, संस्था नविकरण गर्दा नगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडाै, कार्य अनुमति लिएका जिल्ला लमजुङ र कास्कीमा समेत विवरण दिने गरिएकाे छ । नियम अनुसार समाजकल्याण परिषदमा समेत कागजात बुझाएर अध्यावधिक गरिरहेकाे छ । 

विधान बमोजिमको योग्यता रहेका नेपाली नागरिकले प्रवेश शुल्क रु.१०००।०० र वार्षिक शुल्क रु.१००।०० तिरी संस्थाको साधारण सदस्य बन्न सक्छन्। नवीकरण शुल्क रु.१००।०० तोकिएको छ। आजीवन सदस्यका लागि रु.०००।०० शुल्क तोकिएको छ । जुन तपशिलमा उल्लेख भएकाे शिर्षकबाट संस्थाकाे आम्दानी रहने गरेकाे छ । 

  • सदस्यता शुल्क

  • संघ संस्थाबाट प्राप्त हुने सहयोग,

  •  नेपाल सरकारबाट प्राप्त हुने अनुदान

  • बैकबाट प्राप्त हुने व्याज आदि । 

सदस्य बन्न र संस्थालाइ सहयाेग गर्न यसै साइटमा रहेकाे सदस्य फारम भरी सहयाेगमा गइ सिधै क्यूआर काेण वा Bank Account NO: 12345678910114 Global IME Bank मा जम्मा गर्ने सुविधा समेत उपयाेग गर्न सकिने अनुराेध छ ।

 

  •  

     

 

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्