दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
दुराडाँडाको सुकीर्ति निर्माणको पर्याय बनेको शैक्षिक क्रान्तिका अगुवा, सामाजिक अभियन्ता, इतिहासका मर्मज्ञ, प्रखरवक्ता एवम् राजनीतिज्ञ श्रीकान्त अधिकारी हामी सबैका श्रद्धेय व्यक्तित्व हुनुहुन्छ । स्वर्गीय अधिकारीका योगदानको स्मरण गर्दै सामाजिक सेवाका विविध क्षेत्रमा संस्थागत रूपमा सक्रिय रही श्रीकान्त अधिकारी लगायत हाम्रा पुर्खाका योगदानलाई चिरकालपर्यन्त जीवन्त बनाई राख्न सकियोस अनि भावी पुस्तालाई पनि सामाजिक सेवाको क्षेत्रमा अभिप्रेरित गर्न सकियोस् भन्ने पुनीत उद्देश्यले सम्वत् २०७३ सालमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको स्थापना भई सामाजिक सेवाको क्षेत्रमा क्रियाशील रहंदै आएको छ ।
प्रतिष्ठानको संस्थागत विकास गर्ने, श्रीकान्त अधिकारीको योगदान र विचारको जगेर्ना गर्ने तथा लोककल्याणकारी क्रियाकलाप सञ्चालन गर्ने जस्ता उद्देश्यहरू बोकेको प्रतिष्ठानले पारम्परिक ढंगबाट आफ्ना कार्यहरू सञ्चालन गर्दै आएको छ । विशेषगरी श्रीकान्त अधिकारीको योगदान र विचारको जगेर्ना गर्ने उद्देश्य पूरा गर्नको लागि आधुनिक सूचना प्रविधिको प्रयोगमा ल्याउने र व्यापक बनाउने लक्ष्य रहेको छ । e-Library को अवधारणा अनुरुप ऐतिहासिक सन्दर्भ सामग्रीहरूको व्यापक खोजी, अनुसन्धान, संकलन, भण्डारण र त्यस्ता सामग्रीलाई सर्वसुलभ बनाउन सूचना प्रविधिको प्रयोग गरी सर्वसाधारणमा सूचना प्रवाह गर्ने रहेको छ । त्यसैगरी संस्थागत उद्देश्य हासिल गर्नको लागि सदस्यता वृद्धि गर्न, अभिलेख तथा आय व्ययलाई पारदर्शी बनाउन, समान उद्देश्य भएका सामाजिक संघसंस्थाहरूसँग सहकार्य गर्न, संस्थाको बारेमा सही जानकारी उपलब्ध गराउन, विविध आर्थिक स्रोतहरूलाई आकर्षित गर्न र संस्थागत सुधारका लागि पृष्ठपोषण प्राप्त गर्न पनि सूचना प्रविधिको प्रयोगमा ल्याउने गरी प्रतिष्ठान लागिपरेको छ ।
लक्ष्य — प्रतिष्ठानको संस्थागत विकास गर्न श्रीकान्त अधिकारी प्रतिष्ठानलाई एक गतिशिल, गैरनाफामुखी, गैर राजनितिक र प्रेरणादायी सामाजिक संस्थाको रुपमा विकास गर्ने ।
उद्देश्य —
श्रीकान्त अधिकारीको समग्र व्यक्तित्व र योगदानलाई थप उजागर गर्ने,
समृद्ध समाजका लागि शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास गर्ने। आध्यात्मिक विकासका लागि योग, ध्यान इत्यादिको प्रवर्धन गर्ने ।
पुस्तकालय, हवनकुण्ड, वृद्धाश्रम, शिक्षालय, खेलमैदान, सभाहल, पाटी, धारा, कुवा, मन्दिर, अथितिगृह, जस्ता पूर्वाधारको निर्माण, मर्मत संभार गर्ने,
सामाजिक सेवामा निःस्वार्थ ढङ्गले संलग्न व्यक्ति एवम् संस्थाहरुलाई सम्मान गर्ने,
पिछडिएको वर्ग,समुदाय, अशक्त तथा वृद्धहरूको सहयोगका क्षेत्रमा विविध कार्य गर्ने ।
समुन्नत समाजको निर्माणका लागि विभिन्न रचनात्मक कार्य गर्ने ।
.
लक्ष्य हासिल गर्न सञ्चालन गरिने केही प्रमुख क्रियाकलाप
१.प्रतिष्ठानको संस्थागत विकास
प्रतिष्ठानको संस्थागत क्षमताको विकास गर्न सकिए मात्रै यसमार्फत सञ्चालन गरिने क्रियाकलापलाई प्रभावकारी बनाउन सकिने भएकोले यसका लागि देहायका क्रियाकलाप सञ्चालन गरिने छ ।
प्रतिष्ठानको शाखा विस्तार गर्ने ।
सदस्यता वृद्धि गर्ने ।
अक्षय कोषको वृद्धि गर्ने ।
प्रचार सामाग्री तयार र वितरण गर्ने ।
योजनावद्ध क्रियाकलाप संचालन गर्ने ।
समान उद्धेश्य भएका सामाजिक संधसंस्थाहरु संग सहकार्य गर्ने ।
वेबसाइट सञ्चालन र डिजिटल अर्काइभ तयार गर्ने ।
स्थानीय÷प्रदेश सरकारसंँग सहकार्य र सहयोग ।
२.श्रीकान्त अधिकारीका योगदान र विचारको जगेर्ना गर्नेः
श्रीकान्त अधिकारीले देश विकास र समाज उत्थानका लागि पुर्याउनु भएका शैक्षिक, राजनैतिक, सामाजिक, साहित्यिक, सांकिृतिक एवं ऐतिहासिक योगदान र विचारहरुको उजागर, अनुसन्धान, प्रवर्धन र प्रचार प्रसारका लागि देहायका क्रियाकलाप सञ्चालन गरिने छ ।
विश्वविद्यालयका छात्रछात्रालाई अनुसन्धनात्मक लेख वा शोधपत्र लेखनका लागि प्रोत्साहित गर्ने
ऐतिहासिक सन्दर्भ सामाग्रिहरुको व्यापक खोजी, संकलन र आधुनिकीकरण गर्ने ।
e-Library को अवधारणा अनुरुप त्यस्ता ऐतिहासिक कृती र सामाग्रिहरु नियमितरुपमा वेबसाइटमा प्रकाशन गर्ने ।
राजमार्ग नामाकरण, उद्द्यान तथा स्मारक निर्माण, संकृति तथा ऐतिहासिक धरोहरहरुको संरक्षण कार्यमा सहभागि हुने ।
३. लोक कल्याणकारी क्रियाकलाप संचालन गर्नेः
श्रीकान्त अधिकारीको व्यक्तित्व र सुकर्मका पदचिन्हहरुलाई चिरकालसम्म जीवन्त राख्न, समकालीन समाजका समस्यालाइ सम्वोधन गर्ने साथै भविश्यको लागि मार्गदर्शक समेत वन्ने खालका देहायका क्रियाकलाप सञ्चालन गरिने छ ।
गरीव तथा जेहन्दार विद्यार्थिलाई छात्रवृत्ति कार्यक्रम संचालन गर्ने ।
समाजलाई विशिष्ट योगदान पुर्याउने महानुभावहरुलाई कदर तथा सम्मान गर्ने ।
गरीव, असहाय तथा असक्त केन्द्रित कल्याणकारी कार्यक्रमहरु संचालन गर्ने ।
शैक्षिक, सामाजिक, साहित्यिक र साँस्कृतिक कार्यक्रममा सहभागिता बढाउने ।
पर्यावरण तथा पर्यटन विकास सम्वन्धि कार्यक्रममा सहयोग गर्ने ।
विपत्तिका समयमा मानवीय सेवाका कार्यक्रमहरु संचालन गर्ने ।
संस्थागत संरचना
स्वर्गीय श्रीकान्त अधिकारीका धर्मपत्नी गायत्री अधिकारी यस संस्थाको अध्यक्ष हुनुहुन्छ। संस्थामा साधारण सदस्य, आजीवन सदस्य, संस्थापक सदस्य, र मानार्थ सदस्य गरी चार प्रकारका सदस्य रहन्छन्। विधान बमोजिमको योग्यता रहेका नेपाली नागरिकले प्रवेश शुल्क रु.१०००।०० र वार्षिक शुल्क रु.१००।०० तिरी संस्थाको साधारण सदस्य बन्न सक्छन्। नवीकरण शुल्क रु.१००।०० हरेक आ.व. काे लागि तोकिएको छ। आजीवन सदस्यका लागि रु.५०००।०० शुल्क तोकिएको छ। हाल संस्थामा साधारण, आजीवन र पारिवारिक गरी १०७ जना सदस्य रहनु भएको छ।
संस्थाको सर्वोच्च निकाय साधारणसभा हो। प्रत्येक वर्ष कानुनले निर्दिष्ट गरेको अवधिभित्रै साधारणसभा सम्पन्न हुँदै आएको छ। संस्थाको कार्य सञ्चालनार्थ ११ सदस्यीय कार्यसमिति रहेको छ। कार्यसमितिको पदावधि दुई वर्षको हुन्छ। यसै गरी कार्यसमितिको विभिन्न मितिको निर्णयले ३ जनालाई कानुनी सल्लाहकारमा मनोनयन गरेको छ। श्रीकान्त अधिकारिका भाइ चन्द्रकान्त अधिकारी संस्थाको संरक्षक हुनुहुन्छ। वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्य तथा कानुनी सल्लाहकार देहाय बमोजिम रहनुभएको छ।
(क) कार्य समिति
क्रम | पद | नाम थर | क्रम | पद | नाम थर |
१ | अध्यक्ष | श्री गायत्री अधिकारी | २ | उपाध्यक्ष | श्री गणेशप्रसाद न्यौपाने |
३ | सचिव | श्री देशबन्धु अधिकारी | ४ | कोषाध्यक्ष | श्री रविकान्त अधिकारी |
५ | सदस्य | प्राडा गोविन्द नेपाल | ६ | सदस्य | श्री गोकुलप्रसाद दुरा |
७ | सदस्य | श्री कृष्णप्रसाद खनाल | ८ | सदस्य | श्री शिवनाथ अधिकारी |
९ | सदस्य | श्री सबला अधिकारी आत्रेय | १० | सदस्य | इ निर्मलप्रसाद न्यौपाने |
११ | सदस्य | श्री वरुणकान्त अधिकारी |
| ||
(ख) कानुनी सल्लाहकार
क्रम | नामथर | क्रसं | नामथर |
१ | माननीय जिल्ला न्यायाधीश नारायणप्रसाद पौडेल | २ | पूर्व जिल्ला न्यायाधीश विश्वमङ्गल आत्रेय |
३ | अधिवक्ता विद्याकान्त अधिकारी |
| |
कार्यालय
प्रतिष्ठानको कार्यालय टोखा नगरपालिका धापासीस्थित अध्यक्ष गायत्री अधिकारीको निजी निवास परिसरमा छ । याे उहाँकै निजी खर्चमा निर्माण गरी उपलब्ध गराइएको छुट्टै एककोठे भवनबाट सञ्चालन हुँदै आएको छ। कार्यालय सञ्चालनका लागि अत्यावश्यक कुर्ची टेबल लगायतका फर्निचर, ल्यापटप, प्रिन्टर लगायतका पूर्वाधारको बन्दोबस्त भएको छ । केही पुस्तकहरू सङ्ग्रह गरी कार्यालय कक्षमा नै सानो वाचनालय/पुस्तकालय सञ्चालन गर्दै आइएको छ।
हार्दिक धन्यवाद र कृतज्ञता
तदर्थ समिति २०७३
क्रम | पद | नाम थर | क्रम | पद | नाम थर |
१ | अध्यक्ष | श्री गायत्री अधिकारी | २ | उपाध्यक्ष | श्री गोकुलप्रसाद दुरा |
३ | सचिव | श्री कृष्णप्रसाद खनाल | ४ | कोषाध्यक्ष | इ वरुणकान्त अधिकारी |
५ | सदस्य | प्राडा गोविन्द नेपाल | ६ | सदस्य | इ निर्मलप्रसाद न्यौपाने |
७ | सदस्य | डा जीवन अधिकारी | ८ | सदस्य | श्री देशबन्धु अधिकारी |
९ | सदस्य | श्री विद्याकान्त अधिकारी |
| ||
यो संस्था स्थपानार्थ तदर्थ समितिमा रहेर मन, वचन र कर्मले समर्पित अग्रजहरू, पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, परिवारजन लगायत संस्थालई यहाँसम्म ल्याइपुर्याउन विभिन्न ढङ्गले रचनात्मक सहयोग पुर्याउनुहुने आदरणीयजनप्रति हार्दिक धन्यवादसहित कृतज्ञता प्रकट गर्दछौँ।
हाम्रो अनुरोध
स्व.श्रीकान्त अधिकरिको स्मृतिमा स्थापित यो संस्था हामी सबैको साझा प्रयासले उभिएको हो। आगामी दिनमा यसका गतिविधिलाई जति बृहत् र प्रभावकारी रुपमा सञ्चालन गर्न सक्यो उति नै संस्था स्थापनाको सार्थकता पुष्टि हुनुका साथै स्वर्गीय श्रीकान्त अधिकारीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ। तसर्थ प्रतिष्ठानका शुभेच्छुक सबैलाई यसमा आबद्ध भइदिनुहुन सादर अनुरोध गर्दछौं।