flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

कार्यक्रम तथा गतिविधि

Home
/
कार्यक्रम तथा गतिविधि

कार्यक्रम तथा गतिविधि

सम्पन्न भएका केही मुख्य मुख्य कार्यहरू

शिक्षा गोष्ठी

  • शिक्षा नीतिस्थानीय शिक्षा नीति र २०१० सालमा दुराडाँडामा सम्पन्न शिक्षा सम्मेलन र वर्तमानमा सो सम्मेलनले दिएका सुझावको सान्दर्भिकता विषयमा २०७९ माघ २८ मा एक दिवसीय शिक्षा गोष्ठी सम्पन्न भएकाे छ ।

  • टोखा नगरपालिकाको सहयोगमा शिक्षागोष्ठीको विषयलाई समेत समेटी चेतनाको मुहान नामक विशेष पत्रिका प्रकाशित हुने गरकाे छ ।

  • चेतनाको मुहान हरेक वर्ष फरक फरक विषयमा प्रकाशन गर्ने प्रतिबध्दता २०८० शैक्षिक विशेषाङ्क, २०८१ राजनीतिक विशेषाङ्कमा विभिन्न विद्वानहरूका लेख रचना समावेश गरिएका छन् । 

शिक्षा पुरस्कार

  • दुराडाँडा क्षेत्रका माविबाट एस.ई.ई. परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कृत गर्ने गरिएको,
  • बीचमा दुई वर्ष कवितानिबन्ध प्रतियोगिता गराई प्रथमद्वितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कृत गरियो,
  • पुनः दाताको इच्छा बमोजिम एस.ई.ई. परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कृत गर्ने गरिएको छ ।

    पुरस्कार सौजन्य

  • शैक्षिक पुरस्कारको दाता डा. अजिता आत्रेय हुनुहुन्छ।
  • श्रीकान्त अधिकारीकी छोरी सबला र ज्वाई विश्वमङ्गल आत्रेयकी छोरी हुनुहुन्छ।
  • Applied Agriculture Economics मा विद्यावारिधि उहाँ हाल अमेरिकामा कार्यरत हुनुहुन्छ।
  • पुरस्कार राशी जनही रु.१०,०००।०० नगद र सम्मानपत्र रहेको छ।

२०८१ सालमा

दुराडाँडा क्षेत्रका सामुदायि विद्यालयबाट २०७९को एस.ई.ई. परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कार गर्ने गरिएको छ ।

  • छात्रा श्री वर्षा न्यौपाने  (३.५०) संस्कृति सदन मावि अर्चल्यानी
  • छात्र श्री हिन्द तवारी (३.७०) संस्कृति सदन मावि अर्चल्यानी

    छात्र श्री हिन्द तवारी पुरस्कार लिदै
    छात्रा श्री वर्षा न्यौपानेको को पुरस्कार उनका मामाले लिदै

२०८० सालमा

दुराडाँडा क्षेत्रका सामुदायि विद्यालयबाट २०७८ को एस.ई.ई. परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कार गर्ने गरिएको छ 

  • छात्रा श्री प्रशंसा न्यौपाने  (३.३५) संस्कृति सदन मावि अर्चल्यानी
  • छात्र श्री अनीश पन्थ (३.४५)संस्कृति सदन मावि अर्चल्यानी

    छात्र श्री अनीश पन्थ पुरस्कार लिदै
    छात्रा श्री प्रशंसा न्यौपाने को पुरस्कार उनका अभिभावकबाट लिदै 
    शैक्षिक पुरस्कारको दाता डा. अजिता आत्रेय आमा सबला र बाबा विश्वमङ्गल आत्रेयका साथ पुरस्क्रित विद्यार्थि तथा अभिभावक । 

२०७९ सालमा

दुराडाँडा क्षेत्रका सामुदायिक विद्यालयबाट श्रीकान्त अधिकारी र शैक्षिक जागरण विषयमा निबन्ध प्रतियोगिता गरिएकोमा

  • प्रथम खुश्वु दुरा -सरस्वती सदन मावि

    • द्वितीय भावना मिश्र- सर्वोदय मावि

    • तृतीय विज्ञान परियार- सर्वोदय मावि

२०७८ सालमा

दुराडाँडा क्षेत्रका सामुदायिक विद्यालयबाट युग प्रवर्तक अभियन्ता शीर्षकमा कविता प्रतियोगिताको नतिजा

  • प्रथम खुश्व दुरा -सरस्वती सदन मावि

    • द्वितीय भावना मिश्र- सर्वोदय मावि

    • तृतीय विज्ञान परियार- सर्वोदय मावि

२०७६ सालमा

दुराडाँडा क्षेत्रका सामुदायी विद्यालयबाट २०७४ को एस.ई.ई. परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कार गर्ने गरिएको छ

  • स्वीकृति गिरी -सर्वोदय मावि

    • प्रशान्त भुजेल -संस्कृति सदन मावि

२०७४ सालमा

लमजुङ जिल्लाभरबाट सबैभन्दा धेरै अङ्क ल्याउनेलाई पुरस्कृत गरिएको २०७२ को एस.ई.ई. परीक्षामा सबैभन्दा धेरै जीपीए अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई पुरस्कृत गर्ने गरिएको थयो ।

  • श्री समिर सेढाई (३.९०)-शैलपुत्री मावि धमिलिकुवा

    • श्री ऋतु श्रेष्ठ (३.९०)- बुद्धशान्ति आमावि बेसीशहर

सम्मान

समाजका सम्मानित व्यक्तित्वहरूला सम्मान गर्ने क्रममा यस प्रतिष्ठानले विभन्न समयमा भिन्न भिन्न व्यक्ति व्यक्तित्वलाई सम्मान गरि आएको छ ।

  • संस्कृतीविद् श्री सत्यमोहन जोशी

    • पूर्व प्रशासक श्री नरकान्त अधिकारी

    • सर्जक डा. श्री नारायणप्रसाद अधिकारी

    • समाजसेवी श्री पूर्णभद्र न्यौपानेदुराडाँडा 

    • समाजसेवी श्री कन्याकाशी गुरुङ, पुरानकोट

अन्य सहयोग

  • कोभिडको समयमा दुराडाँडा क्षेत्रका छवटै वडाका स्वास्थ्य केन्द्रमा करिब १७५००० को औषधि र स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराइएको

    • रश्मि स्मृति ग्रन्थको बिक्रीबाट प्राप्त रकम पाणिनि संस्कृत मावि गुरुकुल आश्रमको सहयोगार्थ उपलब्ध गराइएको ।

    • पाणिनि संस्कृत मावि गुरुकुल आश्रमलाई २०८० बाट हरेक वर्ष ५१,१५१।०० श्रीकान्त अधिकारीको वार्षिक पुण्य तिथिका दिन उपलब्ध गराइने प्रतिबद्धता का साथै शुभारम्भ समेत भै सकेको छ।

       

       

श्रीकान्त अधिकारीको ९८ औं जन्मजयन्ती तथा चेतनाको मुहान राजनीतिक विषेशाङ्क २०८१ पुस्तक निमोचन कार्यक्रमका सन्दर्भमा

2081-02-13 दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा मिति २०८१ जेठ १३ गते दियालो पार्टी प्यालेसमा श्रीकान्त अधिकारीको ९८ औं जन्मजयन्ती तथा चेतनाको मुहान (राजनीतिक विशेषाङ्क) पुस्तक विमोचन कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व सभामुख श्री दमननाथ ढुङ्गाना, विशेष...
थप पढ्नुहोस्

सामवेद संहिता ग्रन्थ

2024-06-17 सामवेद संहिता—अनुवादकीय मन्तव्य श्रीगणेशाय नमः । श्रीसरस्वत्यै नमः हाम्रा पूर्वज ऋषिमुनिहरू त्रिकालदर्शी महापुरुष थिए । तिनले अनुभूत गरेका परमेश्वरसम्बन्धी अपरिसीम ज्ञानका भण्डार हुन् वैदिक साहित्य । अनन्ता वै वेदाः भन्ने भनाइ छ । अर्थात् वैदिक ज्ञान अनन्त छ । यो...
थप पढ्नुहोस्

चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) काे प्रकाशन थालनी

2024-07-09 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

सूचना तथा समाचार

नेपालको शैक्षिक इतिहास

2081-05-01 नेपालको इतिहासमा शिक्षा विकासमा भए गरेका विकास क्रमलाई थोरै प्रकाश पार्ने काम सारांश भने पनि प्रस्तुत भए पछि दुराडाँडाको शैक्षिक इतिहास जोड्न सजिलो होस् भनि यो साभार सामाग्री यहाँ राखिएको छ । १- (राणाकाल)बि.सं. १९०३।०६।०३ स. जंगबहादुर राणाले शासनसत्ता हातमा लिएपछि अंग्रेजी शिक्षाबाट...
थप पढ्नुहोस्

दुराडाँडा का २००८ मा स्थापित प्रा.वि. हरू

2081-05-04 दुराडाँडा का २००८ मा स्थापित प्रा.वि. हरूसि.नं.        विद्यालयको नाम  ठेगाना  फोटो१    संस्कृती सदन प्रा.वि   (हाल मा.वि.)    https://www.facebook.com/profile.php?id=100042567836708अर्चल्यानी२    श्री सदन प्रा.वि    https://www.facebook.com/shreesadan.pravi पुराना गाउँ३शक्तिसदन प्रा.वि.     संस्कृती सदन मा.वि.मा समायोजन)धारापानी४शिक्षासदन प्रा.वि    https://www.facebook.com/profile.php?id=100089206178728स्वाँरा५सहयोग सदन प्रा.वि    (पाणिनी सं.मा.वि.मा समायोजन)  देवतापानी६शान्तिसदन प्रा.वि     (पाणिनी सं.मा.वि.मा समायोजन)ओख्लेपानी७सिद्धिसदन प्रा.वि.    चन्द्रपाटाhttps://www.facebook.com/photo/?fbid=116105221356607&set=a.102564919377304  (हाल कोइरालाफाँटमा नि.मा.वि.)८सौभाग्य सदन प्रा.वि    (हाल मा.वि. संचालन)https://www.facebook.com/photo/?fbid=865024134721852&set=a.109827323574874धुसेनी ९समृद्धि (देवी) सदन प्रा.वि    तुर्ल्डकोट१०सरस्वति सदन...
थप पढ्नुहोस्