flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

अध्यक्षको सन्देश

Home
/
अध्यक्षको सन्देश

अध्यक्षको सन्देश

गायत्री अधिकारी

जयतु संस्कृतम्को मूल जरो समातेर चेतनाका चपरी हलो मार्फत् पल्टाउन लागेका हाम्रा अग्रजको पदचापमा पछ्याउँदै हिँड्ने प्रयास हाम्रो हो । जुन संस्था श्रीकान्त अधिकारीका नाममा स्थापना भयो उहाँले थालनी गरेको सामाजिक, शैक्षिक, राजनीतिक र समाज सुधारका हरेक प्रयासलाई यस दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले फैलाउने पूmलाउने गर्न म अध्यक्ष रहेर सबै कार्यसमितिका सदस्य, आजीवन सदस्य, संरक्षक सदस्य र शुभ चिन्तकको सदिक्षाले यहाँ सम्म आएका छौ । यसलाई कहाँसम्म पुर्याउने, कस्तो बनाउने सबै यहाँहङ्गरूको हातमा छ म केवल निमित्त मात्रै बनेकी हुँ । छुवाछूतको विरुद्ध होस् वा वालिका शिक्षा वा जातीय विभेद जस्ता कुरीति र कुसंस्कार विरुद्ध २००६ साल देखिनै संस्था नायकले धावा बोल्दै आधुनिकता र समय सन्दर्भका कुरा उठाउदै आएको अतितका उदाहरणलाई आजको डिजिटल युगमा संस्थाले पाइलो अगाडि बढाउन लागेको छ यस अवस्थामा हाम्रो यस वेभसाइटमा सबैलाई स्वागत गर्दछु ।

 

भौतिक विकासको दृष्टिले संसारले छलाङ् मारिरहेको छ । यो गति अहिले पनि मथ्थर भएको छैन र भविष्यमा पनि हुने छैन । तर भौतिक विकासमात्र सर्वोपरी अभिष्ट र अन्तिम सत्य होइन । भौतिक विकासभन्दा माथि मानिसका गुण, आदर्श र नैतिकता छन् । यी तीन चिज मरे भने मानव सभ्यता र अध्यात्मको प्रगति हुँदैन । भौतिक प्रगतिको चरम चुलीमा पुगेर हाम्रा पाइलाहरूले जुनसुकै ग्रह, उपग्रहलाई टेके पनि हिंसाको विभीषिका रोकिएन भने बुद्धको दया, ईशाको प्रेम, गान्धीको सत्य, अहिंसा जस्ता उच्च आदर्शहरू धुमिल हुन्छन् । शान्तिको अभावमा, सृष्टि कि संहार? भन्ने प्रश्न उठ्न थाल्छ । हो, यही प्रश्नको जवाफ दिन सक्ने गरी राजनीति शान्त, सङ्लो र शुद्ध हुन जरुरी छ । मानव कल्याणलाई नै सर्वोपरी महत्व दिन जरुरी छ । यी हरफ श्रीकान्त अधिकारीका अभिव्यक्त धारणा हुन् । आधुनिकताले सृष्टि सन्तुलन गर्न सक्नुनै प्राकृत धर्म हो भन्ने उहाँका भावनालाई यस डिजिटल प्लेटफर्मले सार्थकता पाओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

यहाँहरूकै मायाका कारण यो डिजिटल कार्य सम्भव भएको हो । यस कार्यमा सहयोग पु¥याउने टोखा नगरपालिका परिवार तथा सूचना संचार विभाग, आफ्ना अमूल्य प्राविधिक सहयोग गर्ने महेश घिमिरे, प्रविधि इर्न्टरनेसनलका प्रावििधक  सहयोगी टिमका साथीहरूप्रति कृतज्ञ छौं । प्रकाशन कार्यको संयोजन गर्नुहुने यस प्रतिष्ठानका कोषाध्यक्ष रविकान्त अधिकारी, सचिव देशबन्धु अधिकारी, सदस्य वरुणकान्त अधिकारी कार्यसमितिका अन्य पदाधिकारी, सदस्य, आजीवन सदस्य, शुभचिन्तक सबैमा हार्दिक आभार, धन्यवाद प्रकट गर्दछौं । वेभसाइटमा अवश्य पनि कतिपय त्रुटि रहेका होलान्, यसका लागि क्षमा चाहन्छौ। हाम्रो यस प्रयासबारे यहाँहरूका रचनात्मक सुझावको अपेक्षा राखेका छौं । यहाँहरूको सुझावलाई मनन गर्दै सुधार गर्ने हाम्रो प्रयास रहने छ । धन्यवाद ।

गायत्री अधिकारी

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्