flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

Home
/
श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती
श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

Date: 2024-07-09

आइतबार, १३ जेठ २०७५

काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । 

अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व अधिकारीको सम्झना गरेको हो । 

लमजुङको दुराडाँडामा जन्मिएका अधिकारीले लमजुङ मात्र नभएर मुलुककै सामाजिक, आर्थिक र राजनीतिक विकासमा ठूलो भूमिका खेल्नुभएको थियो । अधिकारी विसं २०१५ मा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसदसमेत बन्नुभएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सामाजिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने मान्यताअनुरुप अधिकारीले हलो क्रान्तिको थालनी गरेको बताउनुभयो । अधिकारीले राजनीतिक, शिक्षा र सामाजिक अभियान्ताका रुपमा पु¥याएको योगदान उल्लेखनीय रहेको छ”, उहाँले भन्नुभयो । 

पूर्वसभामुख तारानाथ रानाभाटले श्रीकान्त अधिकारी राष्ट्रिय व्यक्तित्व भएकाले नयाँ पुस्ताले उहाँको योगदानका बारेमा जान्न जरुरी छ भन्नुभयो । पूर्वसहायकमन्त्री दिनबन्धु अर्याल, पूर्वसांसद डा भीष्मनाथ अधिकारी, मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिक, प्रा डा गोविन्द नेपाल, प्रतिष्ठानका उपाध्यक्ष गोकुल दुरालगायतले स्वर्गीय अधिकारी सफा र पारदर्शीमा विश्वास गर्ने दुरदर्शी नेता भएको बताउनुभयो । 

विसं १९८४ जेठ १३ गते जन्मनुभएका अधिकारीको विसं २०६९ कात्तिक ३० मा निधन भएपछि उहाँको सम्झनामा २०७३ फागुन ९ गते दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान स्थापना गरी सामाजिक काम गर्दै आइरहेको प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले जानकारी दिनुभयो । 

प्रतिष्ठानले गत वर्ष एसइइ परीक्षामा लमजुङबाट सर्वोकृष्ट अंक प्राप्त गर्ने छात्र समीर सेढाईं, छात्रा ऋतु श्रेष्ठ र लामो समयदेखि लमजुङको दुराडाँडामा बसेर समाजसेवा गर्दै आउनुभएका पूर्णभद्र न्यौपानेलाई प्रतिव्यक्ति रु १० हजार नगदसहित सम्मान गरिएको थियो ।

View Document

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्