दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
श्रीकान्त अधिकारी (वि.सं. १९८४) नेपालको सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक क्रान्ति नायक हुनुहुथ्यो । एउटा नितान्त कुसल, व्यावहारिक, पथप्रदर्शक तथा विचार प्रवाहकका रुपमा लिने गरिन्छ । उहाँ सामाजिक रुपान्तरणका संवाहक हुनु हुन्थ्यो । शिक्षामा उल्लेख्य योगदान छ । यस मानेमा उहाँ एक योद्धा, विचारक र पथप्रदर्शक हुनुहुन्थ्यो । राष्ट्रिय चिन्तन प्रवाह गर्ने एक महापुरुष हुनुहुन्थ्यो ।
लमजुङको दुराडाँडालाई आदर्श गाँउ र समग्र लमजुङलाई आदर्श शैक्षिक क्षेत्र बनाउने व्यक्तित्वको रूपमा हेरिन्छ । विद्यानै शालीन व्यक्तित्वको लागि सुराक्षित धन हो र शिक्षामा गरिएको लगानीले समाजको लागि सर्वोत्तम प्रतिफल हो भन्ने चेतनाको जगेर्नामा उहाँको धेरै रगत पसिना बगेको छ ।
राजनीतिक क्षेत्रमा प्रजातन्त्रका हिमायती मात्र नभै एक कुशल राजनेताको रुपम परिचय बनाउनु भएको थियो । अधिकांश समय सामाजिक चेत, शिक्षा र राजनीतिक चेतनाका कारण उहाँ अत्यान्त मर्यादित र सम्मानित व्यक्तित्व मात्र नभै मूर्धन्य विद्वान व्यक्तित्वको रूपमा समाजले चिनेको छ भने व्यवहार कुशल तथा चलाख व्यक्तित्वको पर्याय बन्नु भएको थियो । समग्र लमजुङका कुशलताका प्रतिविम्ब आशा र भरोसाका केन्द्र बनेर रहनु भएको थियो । जहाँ श्रीकान्त त्यहां शिक्षाको ज्योति बल्दछ भन्ने मान्यता स्थापित भएको थियो ।
वि.सं. २००८ सालमा दुराडाँडा, लमजुङमा १२ प्राथमिक विद्यालय स्थापना गरेर प्रेरणा दिनु हुने उहांको पदचिन्हलाई पछ्याउदै अधिराज्यव्यापी जागरण भएको थियो ।
दुराडाँडा, लमजुङ स्थित कीर्तिपुरमा २०२६ सालमा पाणिनि संस्कृत मा.वि.स्थापना गरेर संस्कृत शिक्षा तथा संस्कृति जगेर्नामा उहाँको अमूल्य योगदान रहेको छ । गुरुकुलीय शिक्षामा आवश्यक संपूणर् व्यवस्था मिलाउनु भएको थियो । उहाँले शुरुवात मात्र गर्ने र अन्त्य नगर्ने बानीको विरुद्ध हुनुहुन्थ्यो । शुरु गरिएका काम गरेर मात्र छाड्ने वानीले सबै आँटेको काम पूरा हुन्थे । त्यसैले उहाँ सबैका प्रिय हुनुहुन्थ्यो । यो सब उहाँको नैतिकताको बल (strength of character) ले भएको हो ।
दुनियाको आँखामा उहाँ जे पनि हुन सक्नुहुन्छ तर लमजुङका हकमा उहाँ केवल शिक्षामा ज्योति हुनुहुन्छ । अजर अमर रहनुहुन्छ ।
शाहवंशको इतिहासमा थप चिनारी दिन लमजुङमा राजतिलक लगाएको ऐतिहासिक स्थल “शिन्दूरे ढूंगा“ तथा युगपुरुष खजे दुरालाई विश्वव्यापी चिनाउन र गौरवमय दुरा जातिको परिचय स्थापित गराउन उहाँको अविस्मरणीय योगदान रहेको छ । चन्द्रपाटा, दुराडाँडामा युगपुरुष खजे दुराको पूणर्कदको शालिक स्थापना गरेर प्रत्येक वर्ष कार्तिक २१ गते उहाँको (खजे दुरा) को स्मृति दिवस मनाउने गरिन्छ ।
पोखराको पृथ्वीनारायण कलेजका स्थापक सदस्यको समेत भूमिकामा रहेर अमूल्य योगदान पुर्याउनुभएको छ श्रीकान्त अधिकारीले ।
२००९ सालमा सर्वोदय मिडिल स्कूल (दुराडाँडा) स्थापना गरेर समग्र लमजुङका विद्यार्थीलाई शिक्षा दिने कार्यको सम्पूर्ण यश श्रीकान्त अधिकारीमा जान्छ ।
पोखराको लेखनाथमा रहेको लक्ष्मी आर्दश मा.वि. र अमरसिंह मा.वि.मा बालेको ज्योति (दीप) अजर अमर भएर रहेका छन् ।
सर्वोदय क्याम्पस दुराडाँडा लमजुङको स्थापनामा वहाँको स्मरणीय योगदान भित्र पर्दछ ।
यसैगरी हात बाँधेर बस्न नसक्ने स्वभावले काठमाडौंमा पनि धेरै धार्मिक, सामाजिक तथा शैक्षिक हात बढाउनुभयो । धापासी स्थित तिलिङ्गाटारमा रहेको मा.वि. प्राङ्गणमा उच्च मा.वि. तथा क्याम्पस सञ्चालानार्थ आर्थिक सङ्कलन गर्न आफ्ना विगतका अनुभवसहित बाँडेर आँफै कर्ता बनी श्रीमद् भागवत महायज्ञ समापन गराउनुभएको थियो । विशेष गरी मातृ शक्ति समूहको सकृयता मनन योग्य थियो । त्यसको नेतृत्व श्रीकान्त अधिकारीको धर्म पत्नि, विदुषी गायत्री अधिकारीले गर्नु भएको थियो । सङ्कलित रकमले उच्च मा.वि. तथा कलेज सञ्चालनमा भरथेग सहयोग पुगेको थियो ।
यस्तै २०५२ सालमा काठमाडौंदेखि दुराडाँडा लमजुङ सम्मको शान्ति पदयात्रा उहाँकै सक्रियतामा सम्पन्न भएको थियो ।
दुराडाँडा लमजुङबाट काठमाडौं आई बसेकाहरूलाई एकीकृत गराई सक्रियता बढाउन र आइपर्ने सानातिना घटना तथा व्यवहारमा एकजुट भई सहयोग पुर्याउने उद्देश्यले २०६१ सालमा दुराडाँडा सेवा समाजको गठन तथा दर्ता गराई हालसम्म सामान्य दुःख जेलोमा परेकाहरूलाई आर्थिक तथा अन्य सहयोग पुर्याउने कार्य सो समाजले गर्दै आएको छ । यस समाजको स्थापना गर्नमा स्वर्गीय श्रीकान्त अधिकारीको महत्वपूर्ण योगदान भूमिका रहेको छ ।
शोषण रहित समाज निर्माण, सामाजिक क्रान्ति, सामाजिक र शैक्षिक क्रान्तिको उद्देश्य हो । लमजुङको दुराडाँडा मौजामा निरक्षर उन्मूलन गर्न १२ वटा प्रा.वि.को शुरूवात भयो र सँगसँगै दलित जातिलाई पढाउने व्यवस्थापन गरियो । छुवाछुतको अन्त्य गरियो । कथित जातप्रथाको अन्त्य भयो ।
गुरूङ समाजमा रहेको चार जाते र १६ जाते प्रथाको अन्त्य नै गरियो ।
वी.पी.को समाजवाद आर्दशको शुरूवात दुराडाँडाबाट भयो । दुराडाँडाबाट यस्ता कार्यको थालनीभएको देखेर वी.पी. सुवणर् शम्शेर जस्ता राजनेता सहित विद्वानहरू दुराडाँडा पुगेका थिए ।
म राजनीति त्यति गर्दछु जति मलाई मेरो सामाजिक कार्यको लागि जरूरत पर्छ । गान्धीको यो भनाइलाई अनुसरण गरेर हिँड्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने उहाँको आदर्श हो ।
श्रीकान्त अधिकारीसग जिल्लाको योजनावद्ध विकासको खाका धेरै थिए । योजनावद्ध कार्यहरु मध्ये सितलेस्वाँरा विमानस्थलको निर्माण, मस्र्याङदी भ्यालीको खाका त्यसै अलपत्र छ भने गाँउशहर र बेसीशहरजोडेर नगर बनाउने, सुन्दर बजार, कुसुमभ्याली र सिसाघाटमा हुन सक्ने नगरविकास का पूर्वाधार वर्षौ देखिं अलपत्र परेको छ । तिनको उपादेयता र कार्यान्वयन आज र्पान त्यत्तिकै सान्दर्भिक छ ।
अथिति देवो भवः को संस्कृति जीवन्त राख्न सके विश्वका पर्यायहरु को तीर्थस्थल वन्ने कार्ययोजना त्यसै अलपत्र परेका छन् । आयातित जनप्रतिनिधिबाट यो संभव पनि छैन ।
शिक्षा विशुद्ध समाज संरचनाको आधार हो । सबै विद्यालयहरू जनताका उपज हुन । जनताको अटुट लगानी यसमा रहेको छ । आहिले विद्यालयहरू राजनीतिक अखडा बनाउने प्रतिस्पर्धा चलेको छ । यो ३० बर्ष पहिलेका उहाँको भनाई अहिले सत्यसावित वनको छ ।
सामाजिक क्षेत्रमा वसेर रचनात्मक काम गर्दछु भन्नेको मानमर्दन गरिने कार्य भएको छ । त्यसैले श्रीकान्त अधिकारी दूरद्रष्टा सावित हुनुभएको छ ।