दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
द"रद्रष्टा एवं प्रखर ब्यक्तित्व श्रीकान्त अधिकारीको कर्मक्षेत्र केवल आफ्नो जन्मस्थल दुराडाँडा र लमजुंङ जिल्ला मात्र न भै समग्र गण्डकी अञ्चल एवं पश्चिमाञ्चल विकाश क्षेत्र नै थियो । आफ्नो ठाँउ, आफ्नो गाँउ, जिल्ला, अञ्चल र क्षेत्र मात्र न भनी राष्ट्र र राष्ट्रियता प्रति अग्रणी होनहार चिन्तनशिल व्यक्तित्वहरू मध्ये उहाँ एक हुनुहुन्थ्यो । राजनीति, शिक्षा, साहित्य र समाज सुधार एवं धर्म संस्कृतिलाई सँग सगै लिएर अगाडि बढ्ने र बढाउन सक्ने क्षमतावान विशिष्ट कुशल नेतृत्वकर्ता “श्रीकान्त अधिकारी“ हुनुहुन्थ्यो । यद्यपि अहिले यस संसारमा हुनुहुन्न र पनि उहाँको कार्य क्षमता र शैलीलाई अनुसरण गर्दै अगाडि वढ्न खोज्यो भने अवश्य पनि देश र समाजले फड्को मार्न सक्छ, वर्तमान समयले यही कुरा खोजिरहेको छ भन्दा अत्युक्ति हुंदैन । उहाँ लमजुङ दुराडाँडामा जन्मनु भै गाँउ र जिल्लाको लागि धेरै गर्नुभयो।
उहाँको बेजोड क्षमतालाई त्यतिले पुगेन, पश्चिम क्षेत्रकै केन्द्रको रूपमा रहेको पोखराले तान्यो । राणाकालीन समयमा राणाहरूको प्रतिनिधिको रूपमा बडाहाकिम र पछि राज्य (केन्द्र) को प्रतिनिधीको रूपमा अञ्चलाधीश रहने स्थान भएको र त्यस क्षेत्रका राजनैतिक, सामाजिक नेता कार्यकर्ताहरू भेला हुने छलफल गर्ने संगठित हुने, विस्तार गर्ने, विकाशका योजनाहरू तर्जुमा र नीति नियम निर्माण, निर्देशन कार्यान्वयन गराउने थलोको रूपमा पोखरा थियो । पश्चिमाञ्चल क्षेत्रका सबै जिल्लाका राजनैतिक तथा सामाजिक नेता, कार्यकर्ताहरूको भेटघाट, सल्लाह, देश देशान्तरका बारेमा सु–सूचित हुने, विचार र कार्यक्रमहरू लिने दिने कुराहरू पोखराबाट सञ्चालित हुन्थे । यी कुराहरूले उहाँलाई पोखराको बसाई बाक्लो बनाउनु पर्ने अबस्था बनेको थियो । पोखरामा गएर लामो समय बस्न त्यहीको कोही आफ्नो मान्छे हुंदा सहज हुने स्थिति पनि उहांका लागी अनुकूल थियो । पोखरामा उहाँका धेरै इष्ट मित्रहरू र साथीहरू हुनुहुन्थ्यो, नातागोता हिसाबले मात्र नभै उहाँको बहु–आयामिक व्यक्तित्व का प्रभावले आफ्नो घरमा बसाउन हानथाप नै हुन्थ्यो रे । पोखराको कुँडहरमा माहिली दिदी सुरथ माया सिग्देल र भान्जा जगन्नाथ सिग्देलको घर मुख्य बस्ने ठाँउ थियो भने, फुपूको छोरा चित्रांङ्गद सिग्देल पनि त्यही हुनुहुन्थ्यो ।
माहिली दिदी एउटा छोरा र एक छोरी जन्मिएपछी विधवा वन्नु भएका कारण दिदी र भान्जा भान्जीको संरक्षकत्वको जिम्मेवारी नै उहाँले सम्हाल्नुपरेको थियो । भान्जा जगन्नाथ सिग्देल सानै उमेरदेखि अत्यन्त प्रखर बच्चा, केटो र युवाका रूपमा भएका कारण अझ विशेष भूमिका खेल्नुपर्ने दायित्व उहाँमा थपिएको थियो । त्यो बेला पोखरा क्षेत्रवरी परीमा ग्रयाजुयसन (स्नातक) गरेका मान्छे एउटा हातको औलामा गन्न सकिनेमध्ये जगन्नाथजी एक हुनुहुन्थ्यो । १२÷१४ वर्षको उमेरदेखि नै बी. पी. कोइराला, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय आदि नेताहरूको सानिध्यमा हुनुहुन्थ्यो जसका कारण श्रीकान्त अधिकारीज्यूलाई राम्रो टेवा पुगेको थियो । तर विधिको बिडम्वना एउटा प्रखर र सशक्त भान्जा (युवा) को २४ बर्षको उमेरमा नै (२०१८ आश्विन १८ मा) असामयिक रूपमा देहावसानको वज्रपात हुन पुग्यो जीवन भरि नबिर्सने गरी। तत्पश्चात् अझ बढी जिम्मेवारी थपिन पुग्यो – भान्जाको त्यो विक्षिप्त परिवार र भान्जाले गर्भमा छोडि ३ महिना पछि जन्मिएकी छोरी जगदम्बिकालाई सम्हाल्ने दायित्व । रेखदेख र संरक्षण गरीरहनुभयो जीवन भरि । योभन्दा अगाडि (२०१७ मार्ग २८ मा) नै स्याङ्रजा जैसिडांडाका डिल्लीराज र खगेश्वरी अर्यालकी एक मात्र छोरी गायत्री अर्यालसंग उहाँको दोस्रो विवाह भै सकेको थियो । त्यस पछि घर परिवार, व्यवहार, बसोबास, र सामाजिक तथा राजनीति लगायत संपूर्ण कुराहरूमा चाँजो पाँजो मिलाउने कार्यभार श्रीमती गायत्री अधिकारीज्यूले सम्हाली दिए पछी उहाँलाई धेरै सजिलो हुन पुग्यो । पहिलानै किनेर राखिएको सुन्दर पर्यटकिय स्थल पचभैया र पोखरामा घर वने, पोखराको बसोबास झन् बाक्लिन पुग्यो । पोखरा र पचभैयामा रहंदा बस्दा नयाँ संस्था खडा गर्ने, भए रहेका संस्थालाई राम्रो बनाउन आवश्यक पहल कदमी गरी रहने कार्यमा जुटीरहनुभयो । जो यसप्रकार जुटिरहनुभयो ।
१ बिन्धबासिनी आधार स्कूल, बाटुलेचौर पोखरा– गांउको प्रारंभिक शिक्षा पछि रानी पोखरी पाठशाला काठमाडौमा पूर्व–मध्यमाको तयारी गरी परीक्षाका लागी वि. सं. २००४ सालमा बनारस पुगे पछि नेपाली कांग्रेसका नेताहरू कृष्णप्रसाद भट्टराई, बी. पी. कोईराला, सुवर्ण शम्सेर र सूर्यप्रसाद उपाध्यायहरूसंग भेट हुन पुग्यो । भारतका महात्मा गान्धी, नेहरू आदि नेताहरू समेतको प्रभाव नेपाली नेताहरूमा थियो । प्रजातन्त्र प्राप्तिका लागी नेपालमा पनि भित्र भित्रै आगो सल्किएझें राणा शासनका विरुद्धको आगो सल्किरहेको थियो । बनारसको बसाइमा भारतीय नेताहरूले अंग्रेज शासन विरुद्धको आन्दोलनबाट भारतलाई स्वतन्त्र बनाएझैं नेपालमा पनि राणा शासनका विरूद्ध आन्दोलन गर्नु पर्छ, प्रजातन्त्र ल्याउनु पर्छ भन्ने दृढ अठोटका साथ नेपाली कांग्रेसको अगुवा कार्यकर्ता बनेर २००५ मा नेपाल फर्कनु भयो । काठमाण्डुमा आधार शिक्षा शिक्षक तालीम लिई पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी आधार स्कूलमा पढाउन थाल्नु भयो । त्यहां त्यतिनै शसक्त र क्रान्तिकारी पं. मुक्तिनाथ शर्मा प्र.अ. को रूपमा पढाउनु हुन्थ्यो । देखावटी रूपमा उहाँहरू पढाउने शिक्षकको रूपमा हुनुहुन्थ्यो, तर अन्तरङ्गमा त्यो क्षेत्रकै नेपाली कांग्रेसको संगठनको अगुवा नेताको रूपमा काम गर्नुहुन्थ्यो ।
२ जेलयात्रा र मुक्ति — पोखरा र आसपासका आफ्ना साथी इष्टमित्र र सामाजिक कार्यकर्ताहरू लाई नेपाली कांग्रेसको संगठनमा आबद्ध गराउने महा–अभियानमा सशक्त ढंगले लागीरहनुहुन्थ्यो । पोखरामा राणा विरुद्धको आन्दोलन पनि उत्कर्षमा पु¥र्याउदै माल अड्डाहरू कब्जा जेल यात्रा र मुक्ति– विन्ध्यवासिनी आधार स्कूलमा पढाउंदै राणा शासनलाई जरैदेखि उखेल्ने र देशमा प्रजातन्त्र ल्याउने क्रान्तिकारी योजनालाई शसक्त ढंगले अगाडी बढाउदै लाने काम पनि भै रहेको थियो । समकालीन साथीहरू, इष्टमित्रहरू सामाजिक तया राजनैतिक सोचका व्यक्तित्वहरूको सहयोग र आन्दोलन प्रतिको अपार जनसमर्थन दिनप्रतिदिन उर्लिरहेको थियो । वि.सं. २००७ मार्ग महिनासम्म आइपुग्दा राणा शासन विरुद्धको आवाज देशैभरी सल्कि रहेको थियो ।
स्कूलमा पढाउंदै गरेका समयमा गिरफ्तार गरी सर्वस्व सहित १८ बर्ष जेल सजायको फैसला सुनाउंदै फूलबारी व्यारेक जेलमा राखियो । त्यो बेला उहाँका निकटतम सहकर्मी (डि. श्री प्रसाद घिमिरे) लाई पनि त्यही ल्याइएको थियो । श्रीकान्त अधिकारीज्यू, जेल परेपछि रिहाइका लागि उहांका साथी, इष्टमित्र र समर्थकहरू विशाल जुलुस निकाल्दै ब्यारेक (जेल) घेर्न थाले । जुलुसको नेतृत्व पोखराका हारन्जा र भर्खर १४ वर्षमा हिंड्दै गरेको किशोर युवा उहांकै भान्जा जगन्नाथ सिग्देल बाट भएको थियो । दिनदिनै निस्कने जुलुसको दबाव र कब्जाबाट ३६ दिनका दिन २००७ पौष मा उहांहरू जेल मुक्त हुनुभयो, उक्त राजनैतिक क्रान्ति र जुलुसको भेलाले त्यसपछिको नेतृत्व श्रीकान्त अधिकारीज्यूलाई सुम्पियो । त्यही भेलामै घोषणा गर्दै पोखराका सरकारी अड्डा कब्जा गर्ने कुरा हुन थाले, विन्ध्वासिनी मन्दिर नेर रहेको माल अड्डा कब्जा गर्दै गर्दा सरकारी (राणा) पक्षबाट हसिया, भाला, खुकुरी आदि हतियार सहितको जत्था (खुकुरी दल) तैयार गरी जुलुसलाई आक्रमण गर्ने र तितर बितर गराउने काम भएको थियो । तर आन्दोलनको गतिलाई अगाडि बढाउने काम भइ नै रह्यो ।
३ — पृथ्बी नारायण कलेज (क्याम्पस) स्थापना – पश्चिम नेपालकै एउटा महत्वपूर्ण केन्द्रको रूपमा रहेको पोखरामा आधुनिक उच्च शिक्षा दिने संस्था खड़ा गर्नुपर्छ भनेर पोखराका लब्ध प्रतिष्ठित सामाजिक तथा राजनीतिकर्मी मित्रहरूसंग मिलेर पृथ्वीनारायण शाहको नामबाट २०१७ भाद्र १७ -1, September 1960_ गतेका दिन कलेज स्थापना गर्ने काम भयो । श्रीकान्त अधिकारी संस्थापक सदस्य हुनुहुन्थ्यो । कलेजलाई राम्रो किसिमले संचालन गर्न एउटा बिद्वान र कुशल शैक्षिक नेतृत्व (प्रशासक) को खांचो महशुस भयो। त्यो वेला नेपाल भरिमा नै ग्रयाजुयसन गरेका व्यक्ति ज्यादै कम थिए, पोखरामा पनि एउटा हातको औंलामा गन्न सकिने मात्र थिए । ती मध्ये एक जना हुनुहुन्थ्यो श्रीकान्त अधिकारीज्यूकै भान्जा पोखरा कुंडहरका जगन्नाथ सिग्देल । उहां अत्यन्त प्रखर र सशक्त युवा हुनुहुन्थ्यो, अनि पोखरा मात्र नभै काठमाडौ र काठमाडौका विशिष्ट व्यक्तिहरूसंग संपर्क, चिनजान र जानकारीमा हुनुहुन्थ्यो । भारतको केरलाबाट आएर काठमाडौमा अल्मलीरहेका जर्ज जोनसंग उहांको भेट भएर, उहांले गरेको आग्रहलाई सहर्ष स्विकार गरी पोखरा आएर पृथ्वीनारायण कलेजको प्रिन्सिपल पद सम्हालिदिने कुरा वरदान साबित हुन पुग्यो । पृथ्वीनारायण क्याम्पस अहिले नेपालकै एउटा महत्वपूर्ण क्याम्पसको रूपमा स्थापित छ ।
४ – हिमदूत पत्रिकाको थालनी र वैकल्पिक राजधानीको प्रस्ताव— भर्खर बामे सर्दै गरेको प्रजातान्त्रिक नेपालमा देश विकाशका लागी आबश्यक पर्ने विकासका पूर्वाधारको खाका नै कोरिएको थिएन । वि.सं.२००७ फाल्गुन ७ मा प्रजातन्त्र आएर पनि २०१५ मा मात्र आम निर्वाचन भएको थियो। केहि भए रहेका पनि काठमाण्डुमै सीमित थिए । अझ आम नागरिकलाई सु–सुचित गराउने सूचना र संचारको माध्यमको रूपमा रहेको पत्रकारिता पनि काठमाडौमा नै सीमित थियो । यिनै कुराहरूलाई मध्यनजर गर्दै पश्चिम नेपालकै एउटा केन्द्रको रूपमा रहेको पोखरामा श्रीकान्त अधिकारीज्यू कै अगुवाइ र जगन्नाथ सिग्देलको सम्पादकत्वमा २०१६ सालमा हिमदूत पत्रिकाले जन्म लिन पुग्यो । वि.सं. २०१८ आश्विन १८ मा जगन्नाथ सिग्देलको असामयिक निधनले श्रीकान्तजी, परिवार जन, र आफन्तजन–हरूमा ठूलो वज्रपात पर्न आयो, हिमदूत लाई पनि एउटा झट्का लाग्यो । त्यसपछिका केहि समय ऋषि कोईरालाले र लामो समय चित्राङ्गद सिग्देल को संपादकत्व र संरक्षकत्वमा चलिरह्यो । अहिले बद्रीबिनोद प्रतीक (खनाल) हुंदै रबीन्द्र वांस्तोला को सम्पादकत्व र संरक्षकत्वमा रहेको छ ।
२०१५ सालको निर्वाचनबाट सांसद भएपछि देशको हित र विकासका लागि आवश्यक जल्दा बल्दा विषयहरू संसदमा धेरै राख्नुभयो। सबै भन्दा महत्वपूर्ण प्रस्ताव– सुन्दर पर्यटकीय नगरी पोखरालाई वैकल्पिक (हिउँदे) राजधानी बनाउने भन्ने थियो। जस्ले संसद र बाहिरसमेत ठूलो हलचल मच्चाएको थियो । त्यो प्रस्ताव अनुसार पोखरा वैकल्पिक राजधानी नबने पनि अहिले सरकारले पर्यटकीय राजधानी घोषणा गरेको छ ।
५ – लक्ष्मी आदर्श मा. वि. स्थापनामा विशेष भूमिका –– वि.सं. २०२५ सालमा पोखराको अर्धौ, सिसुवा खुदी क्षेत्रमा मा.वि. खोल्ने कुराको छलफल हुँदा अर्धौतर्फका र सिसुवा खुदीतर्फका अभिभावकहरूको बीचमा आफ्नो तर्फ हुनुपर्छ भन्ने कुरामा मतैक्य हुन नसकी ठूलो विवाद सिर्जना भयो । समन्वय गरेर मिलाइदिन दुबै पछ ले श्रीकान्त अधिकारीज्यूलाई आग्रह गरे पक्षी उहांले सबै कुराहरू बुझ्नुभयो, हेर्नुभयो । त्यसपछि दुवैथरिलाइ बीच पर्ने सिसुवाको सिरान एवं अर्घौको सिमाना नजिकै ज्यामिरकुना भन्ने ठाँउमा उहाँका आफ्नै भानिज दाई अर्घौ अर्चलेका रत्नदेव पौडेल (फुपू पूर्णकलाको छोरा) को जग्गा मागी सोही जग्गामा लक्ष्मी आदर्श मा.वि. अर्घौं शिसुवा संयुक्त ज्यामिर कुना भनी राख्न लगाउनुभयो । सो विद्यालय अहिले पनि राम्रो विद्यालयको रुपमा उच्च मा. वि. हुदै क्याम्पस संञ्चालन भैरहेको छ ।
६– पचभैयामा अमरसिद्ध नमूना मा.वि. को स्थापना र शैक्षिक एवं सामाजिक सुधार– बेगनास र रूपा दुई तालका बिचमा रहेको पचभैया (हाल पो.म.न.पा. ३१) मा आफ्नै घरमा उहाँ बस्नु हुन्थ्यो । त्यहां अमरसिद्ध नामको प्रा.वि. संचालनमा थियो । वि.सं. २०४४ सालमा त्यहांको सिफारिसमा कास्की जिल्ला शिक्षा समितिले उहांलाई अध्यक्ष बनाएर पठायो । प्र.अ.ले पत्र लिएर आए पछि, म धेरै ठाउमा विद्यालय स्थापना गरी यहाँ आइ विश्राम गरेर बसेको छु, एउटा सामान्य प्रा. वि.को अध्यक्ष भएर बस्ने कुरा मेरो लागी स्वीकार्य हुंदैन, भेला बोलाउनुहोस् त्यही कुरा राख्छु भनेपछि भेला बोलाउने कुरा भयो । भेलामा उहांले कुराहरू राख्नुभयो अधिकांश निम्न आय भएका यस ठाउँका मानिसहरू जो बाहिर गएर पढ्न पढाउन सक्तैनन् । यिनीहरूको शैक्षिक आवश्यकता यो प्रा. वि.ले मात्रै पुरा गर्न सक्तैन । यहाँ गुणस्तरीय शिक्षा दिने नमूना हाईस्कूल मा.वि.को खाँचो छ । प्रा.वि. भएको ठाँउ सानो छ, विद्यालय चलाउने अर्को ठाउँ खोज्नुपर्छ र युवाहरू धेरै सक्रिय भएर लाग्नु पर्छ । यी कुरामा तपाँइहरू तैयार हुनुहुन्छ र मैले भनेका कुराहरूमा होस्ते भन्दा हैसे गर्नुहुन्छ भनेमात्र स्वीकार र्गछु भन्दा सबैले हामी गर्छौ र मान्छौ भनी सहर्ष ताली बजाउने कुरा भएपछि अध्यक्ष पद स्वीकार गर्नु भयो । विद्यालय बनाउने ठाँउ हाल विद्यालय रहेको स्थान पोखरी गैरा जसलाई अहिले प्रज्ञाभूमि उहाँबाटै नामाकरण भएको सबैले स्मरण गर्दछन् । पोखरी गैराको सो जग्गा पनि मा.वि. सञ्चालनका लागी कमै भएका कारण संगै जोडिएको आफ्ना पिता मेष राज ढकालको नामबाट १ रोपनी जमिन दिननाथ ढकालले दिने गरी बोल्नुभयो । त्यस पछि विद्यालय संचालनका लागि कार्यक्रम हरू बन्न थाले । खाली धर्ती र शून्य आकाशका रूपमा रहेको ठाउंमा दिननाथजीले विद्यालय लाई दिएको जग्गाका गराहरूमा कक्षा संचालनका लागि टहराहरू बनाउने र डोजरको व्यवस्था गरी जमिन सम्याउने काम भए । नगद, जिन्सी, श्रम र सेवाका हिसाबमा चन्दा अभियान सुरू भयो । उदयबन्धु खनालले ३ रोपनी जमिन र नगद चन्दा बोल्नुभयो । शास्त्री योग्यताका कृष्णप्रसाद ढकाल ले एक वर्ष बिना तलब पढाउँछु भन्नुभयो भने गाँउको कटुवालले पनि हैसियत भन्दा माथि उठेर चन्दा बोले, श्रमजीवी अभिभावकले १ मैनासंम्मको श्रम, अरूहरूले आफ्नो औकात अनुसार नगद सेवा र जिन्सीचन्दा बोल्ने कुरा स्वतःस्फूर्तरुपमा भए । बनलाई विद्यालयको स्रोतको रुपमा मान्दै बोट वृक्षका अंकुरा बालबच्चाका पाखुरा समान स्नेह गरौ र हुर्काऔं काशीको सट्टा कास्की, नैनितालको सट्टा बैगनास ताल पढ्न जानुपर्छ भन्ने बनाउने उद्घोषका साथ विद्यालय संचालनका गतिविधिहरू अगाडी बढे विद्यालयको प्रशासनिक जिम्मेवारी विष्णुदत्त घिमिरेले सम्हाल्ने कुरा भए । भोजराज सुबेदी, गायत्री अधिकारी सहित युवाहरू दिननाथ ढकाल ध्रुवनाथ अधिकारी, उदयबन्धु खनाल, लक्ष्मीकान्त पौडेल, शंकरनाथ पौडेल, राममणी अधिकारी, शरदराज सुवेदी, शालीकराम अधिकारी, शिवनाथ अधिकारी लगायतका सम्पूर्ण युवाहरू, हर्षबहादुर थापा र सुन्दरविजय कोइरालाहरू यो महाअभियानमा सक्रिय सहयोगीका रूपमा थिए । विद्यालय सगै अन्य शैक्षिक, आर्थिक र सामाजिक सुधारका कामहरू श्रीकान्त अधिकारीज्यू कै अगुवाईमा बिभीन्न व्यक्तिहरूको नेतृत्व र सहयोगमा त्यही परिवेशमा भए । जो यस प्रकार थिए
क–वन संरक्षण समिति
ख–बाल कल्याण विकाश केन्द्र
ग– देव धर्म सेवा समिति (गोरख नाथ मन्दीर)
घ–अमृत धारा दुग्ध उत्पादन समिति (गाई पालन)
ड–आमा मिलन केन्द्र
च – कुलुङ्खोला खानेपानी योजना
७– देउराली देवी मन्दिर महायज्ञ –
बेगनास र रूपा दुई तालका बीचमा रहेको पचभैयाको माझमा देवी देउराली मन्दिरको केन्द्र विन्दुबाट मदानीको परा झैं पांचवटा डांडाका शृखला (थुम्का) फैलिएका छन्, तिनलाई पाँच भाइ भनियो र पञ्च पाण्डवको प्रतीकको रूपमा पंचभैया भन्दै जादा पचभैया हुन गयो । त्यही (देउराली मा) पाण्डवहरूले भगवतीको आराधना गरे देवी भगवती प्रकट भइन् र आशीर्वाद दिइन् अनि त्यही स्थापित भइन्, उनै देवीलाई देउराली देवी भनियो र सानो मन्दिर निर्माण गरियो । समय काल बित्दै जांदा मन्दिर जीर्ण अवस्थामा पुगेको थियो । संसार भरिका मानिसहरू आउने सुन्दर पर्यटकीय स्थलको बीचमा शक्तिरूपा भगवतीको मन्दिर जीर्ण अबस्थामा रहि रहनु शोभनीय कुरा भएन, गाँउको प्रतिष्टाको कुरा पनि भयो, कलात्मक मन्दिर निर्माण गरौं भनियो। २०६० साल माघमा श्रीकान्त अधिकारीज्यू को अध्यक्षता र श्री १००८ स्वामी आत्मानन्द गिरिज्यू को संरक्षकत्वमा महायज्ञ आयोजन गरियो, देवीको आराधना गर्दै ।
८—चेतना रूपले देवी रहेकी जगतै भर। नमस्कार तिमीलाईनमस्कार बराबर ।।
अहिले देवीको कलात्मक मंन्दिर परिसर राम्रो बनेको छ । उहाँले यस क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अरू विकास र सुधारका कुराहरूमा पनि धेरै भूमिका खेल्नुभयो । स्मरण रहोस् यहाँ मोटर बाटो लैजाँदा बेगनासताल तर्फबाट लान खोजिएकोमा ताल र जंगलको संरक्षण साथै गाँउको वीचवाट बाटो लादाँ जनतालाई प्रत्यक्ष फाइदा पुग्न सक्छ भनी स्थानीय सरकारसंग संघर्ष नै गरी डोजर फिर्ता गरेर अहिले भएको बाटोतिर नै बनाइएको हो । कास्कीमा बस्दा पनि उहाँले अविश्रान्त विकासका इट्टा थपिरहनु भयो जनतालाई जगाइरहनु भयो उहाँलाई कास्केलीले सम्झिरहने छन् सामाजिक अभियन्ता भनेर ।
View Document