दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
रविकान्त अधिकारी
नेपालका अल्पसंख्यक जनजाति दुरा समुदायको भाषा, परम्परा, संस्कृति र इतिहास पुनर्जागृत हुन भन्दा गुमनाम हुँदै गएको थियो । दुराडाँडा नाम थियो पहिचान कति थियो यो खोजीको विषय होला तर श्रीकान्तलाई इतिहासबारे चासो थियो यसको पहिचान कसरी बनाउन सकिन्छ भन्ने हुटहुटी थियो । यही खोजीमा उहाँ गाउँ डुल्दा जीम्बल र गाउँका सुप्रतिष्ठितहरू सँग उठ बस गर्दा उहाँहरूका कुराका साथै भएका पहिचानका प्रमाणलाई संकलन गर्ने विश्लेषण गर्नुका साथै उजागार गर्ने कार्यक्रम तय गर्न योजना बुन्न थाल्नुभयो । दुरा जातिको इतिहास बुझ्न योगी नरहरि नाथले प्रयास गरेका छन् भन्ने सूत्र पत्ता लगाई नरहरीनाथसँग सल्लाह परामर्श लिएर दुरा जाति यशोब्रह्म शाह र दुराडाँडाको इतिहाससँग साक्षात्कार गर्नुभयो भन्ने सुनिन्छ । कालीदास बिचारी, भवदत्त खनियाँ, तुर्लुङकोटका जीम्बुवाल, भागुका कप्तान, ठूलो स्वाँरा, काने स्वाँराका, खजेगाँउ, बाङ्ग्रेका जिम्बुवालहरू, पुरानोकोट, नाल्मा, घनपोखराका जिम्बल, सुब्बाहरू लगायत गाउँशहर दरबारका दस्तावेज त्यहाँका पुजारी आदि सँगको परामर्श लिएर उहाँ इतिहासको उत्खननमा निस्कनु भयो । यसैको परिणाम भनौँ शाह वंश र दुरा जातिको सम्बन्ध र इतिहास बहिर ल्याउन सफल हुनुभयो । यिनैको परिणाम हो सिन्दुरे ढुङ्गा, पंच पुर्खा र दुरा जातिको पहिचान । लमजुङमा शाह वंशलाई राजाका रूपमा स्थापित गर्नेमा खजे दुरा मुख्य थिए । अहिले पनि दुराहरू खजे दुरालाई आफ्नो जातिको अगुवा ठान्छन् । लमजुङमा शाह वंशलाई राजाका रूपमा स्थापित गर्नेमा खाजे दुरा मुख्य थिए । अहिले पनि दुराहरू खजे दुरालाई आफ्नो जातिको अगुवा ठान्छन् । लमजुङमा शाह वंशलाई राजाका रूपमा स्थापित गर्नेमा खजे दुरा मुख्य थिए ।
श्रीकान्त अधिकारीले यिनै कुराहरुलाई उजागार गर्न २०३३ सालको सर्वोदय मा.वि. को रजत जयन्तीका बेला दुराडाँडालाई शैक्षिक जागरण सँगसँगै जातिय विकास, आर्थिक विकास, सामाजिक विकास, पूर्खाको सम्मान जस्ता थुप्रै कार्यक्रम दिनुभयो । सिन्दुरे ढुङ्गा (शाह वंश र पञ्च पुर्खा), खजे दुरा (खजेपार्क), देउ दुरा (देउ कला केन्द्र), टिकाराम पौडेल (टिका चौतारी), कोमल नाथ अधिकारी (कोमल चौतारी), तोयनाथ अधिकारी (शिक्षाद्वार), विष्णु भक्त (विष्णु वाटिका), कृष्णप्रसाद न्यौपाने (कृष्णप्रसाद वाचनालय), ले. शेषकान्त अधिकारी (ग्राम पिता), मु हरिभक्त पौडेल (धर्म पिता), मनोरथ तिवारी(मनोरथ अतिथि गृह) सर्वोदय स्थापना गर्न लागि पर्ने भूमि सेना, स्वयंसेवक शिक्षकहरू शिक्षा ज्योति सम्मान, भिक्षा समिति आदिको सम्मान, पाणिनि स्थापनाका सप्तऋषिको संझना, १०८ दाता आमाको अभिलेखिकरण, चतुर्बाहु चन्दा समूह, १२ प्रा.वि का स्वयंसेवक शिक्षक सम्मान आदि अभियानको थालनी गर्नुभयो । एक घर १० फलफूल भनि वितरण गरिएका विरुवाले कुनै समय दुराडाँडा सुन्तलाको पकेट क्षेत्र बनेको थियो । यस्तै कार्यले हामीले उहाँमा दूरदृष्टि राख्न सक्ने भएर दूरद्रष्टाको सम्मान दिएको हो तर उहाँ प्रति दुराडाँडेले कति गुन सम्झन्छ आगामी दिनले अवश्य देखाउने छ ।
लमजुङ राज्यका संस्थापक
साभार (https://himal.softnep.website/news/119858)
शाह राजाहरूको पुर्खा भन्नुपरे धेरैले कुलमण्डन शाहको नाम लिन्छन् । तर इतिहास शिरोमणि आचार्यले भने कुलमण्डन शाहको नाम विचित्र खान भनी आफ्ना पुस्तकहरूमा उल्लेख गरेका छन्।
आचार्य (उही २०६१ः६)अनुसार विचित्र खानका जेठा छोरा कास्केली राजा नरराज खानले ‘खान’ उपाधि छाडी ‘साहि’ उपाधि लिए । उनका भाइ लमजुङका ठाकुर यशोब्रह्मले पनि सोही उपाधि लिएका कारण उनी पनि ‘साहि’ कहलाए।
लमजुङ राज्यको स्थापनाको इतिहास कोट्याउँदा कास्केली राजा कुलमण्डन शाहले आफ्ना माहिला छोरा कालु शाहलाई राजा बन्न लमजुङ पठाएका थिए । तर कालु शाहलाई हिउँ निथ्रिने शेष लेकमा बस्नेले छक्याएर मारिदिए । उनी मारिएको ठाउँलाई ‘सिमसिम ढुङ्गा’ पनि भनिन्छ । कालुका साथ गएका नारायण दुरालाई पनि शेष लेकमै बस्ने शेषान्त (गुरुङ)ले मारिदिएको डा. राजाराम सुवेदीले ‘प्राचीन नेपाल’ को सङ्ख्या १५० (२०५९ असारः४९–५०) मा उल्लेख गरेका छन्।
कालु शाहसँगै मारिएका नारायण दुराका छोरा लक्ष्मण दुराले लमजुङमा राज गरिरहेका घलेहरूको हुकुम मेटेर शाही हुकुम कायम गर्ने प्रतिज्ञा गरे । यसका लागि दुराडाँडाका खाजे दुरा, लक्ष्मण दुरा, चिसंखुका कुश्माकर घिमिरे, चामु चिङ्घल क्यान्साको गोल (बच्चा झोला) बनाई ठकुरी राजा माग्न कास्कीकोट पुगेको सुवेदी (उही)ले उल्लेख गरेका छन् । तर सुवेदीको ‘लमजुङ राज्य’ शीर्षकको यो लेखमा राजा माग्न जानेमध्ये एक लक्ष्मण दुराको ठाउँमा भूलवश उनका बाबु नारायण दुराको नाम उल्लेख हुन पुगेको छ।
तर पुत्रवियोगले विह्वल राजा कुलमण्डन शाह लमजुङेहरूसँग आक्रोशित भए । किनकि कालु शाहलाई लमजुङमा राजा थाप्ने पनि दुराडाँडाका पञ्चहरू नै थिए । कुलमण्डनले फेरि राजा थाप्नका लागि छोरा माग्न आएकाहरूलाई ‘फेरि मृगको शिकार गर्ने वहाना गरी अर्का छोरालाई मार्न लैजान आयौ’ भनी हप्काए । दुराडाँडाका पञ्चहरूले यो काम आफूहरूले नगरेको र अघि भएको सबै काम शेषाली (गुरुङ)हरूले गरेका भनी बिन्ती बिसाए । शेष क्षेत्रमा बस्ने गुरुङलाई कतै शेषाली कतै शेषान्त लेखिएको पाइन्छ।
कुलमण्डनले जेठा छोरालाई लमजुङ पठाउन चाहेनन् । ‘प्राचीन नेपाल’ को सङ्ख्या २० (२०२९ साउनः२–३) अनुसार कुलमण्डनले खाजे दुराहरूलाई बाँकी रहेका आफ्ना पाँच छोरालाई एकै बिछ्यौनामा सुताइदिने र जुन चाहिंलाई रुचि लाग्छ उसैलाई खुशीसाथ छानेर लैजान भने । भोलि बिहान हेर्दा खाजे दुराहरूले कान्छा छोरा यशोब्रह्मको सिरानी अरूको भन्दा माथि सरेको देखी सिरानी सर्ने मानिस भाग्यमानी हुन्छ भन्ने सम्झी उनलाई थैलोमा लिएर राजा थाप्न लमजुङतिर हिंडे।
कालु शाहकी विधवा रानीलाई राम्चे र मिदुम खोलाको दोभानमा सुरक्षा दिई पालेका दुराहरूले यशोब्रह्म शाहलाई लमजुङको ठूलो स्वाँरामा लगी ढुङ्गामा राखी अविरजात्रा गरे । यसरी राजा यशोब्रह्म शाह लमजुङको गद्दीमा वि.सं. १५५० असार १५ गते बसेको सुवेदी (उही)ले उल्लेख गरेका छन् । उनले गुरुङहरूलाई पनि मिलाएर लैजान सिक्लेसका ल्होचन गुरुङसँग मित्यारी लगाए भने घलेहरूलाई भने दबाए । ल्होचन र दुराहरूलाई खेतीपाती, पशुपालन र व्यापारमा केही सहुलियत थिए।
यसरी लमजुङ करीब तीन सय वर्षसम्म स्वतन्त्र राज्यका रूपमा रह्यो।
खजे दुरा र ‘लोपोन्मुख’ वर्तमान
लमजुङमा शाह वंशलाई राजाका रूपमा स्थापित गर्नेमा खाजे दुरा मुख्य थिए । अहिले पनि दुराहरू खाजे दुरालाई आफ्नो जातिको अगुवा ठान्छन्।
लमजुङमा राजा थाप्ने दुराहरू नै लमजुङ राज्यका संस्थापक हुन् । तर, अहिले यिनै दुरा नेपालकै लोपोन्मुख जातिका रूपमा छन्। नेपालका सूचीकृत ९८ अल्पसङ्ख्यकमध्ये दुरा जाति पनि एक हो । राष्ट्रिय जनगणना २०६८ अनुसार उनीहरूको जनसङ्ख्या पाँच हजार ३९४ रहेको छ। लमजुङमा राजा थाप्ने दुराहरू नै लमजुङ राज्यका संस्थापक हुन् । तर, अहिले यिनै दुरा नेपालकै लोपोन्मुख जातिका रूपमा छन् ।
चन्द्रपाटा दुराडाँडा लमजुङमा रहेको खजे दुराको सालिक । उनी कस्ता थिए, कसैलाई थाहा छैन । न उनको तस्बिर छ, न उनको भिडियो नै । उनका बारेमा बोल्छ, केवल इतिहास र कर्म । श्रीभन्ज्याङका कलाकार चेतनाथ घिमिरेले २०३३ सालमा कुनै दुराको अनुहार हेरेर स्केच बनाए । त्यही स्केचका आधारमा खजेगाउँका दुरा समुदायले २०३७ मा खजे दुराको सालिक बनाएर च्यानपाटामा राखे । २०५७ मा सालिक फुटेपछि पुनः नयाँ सालिक बनाई सोही ठाउँमा प्रतिष्ठापित गरिएको छ ।
दुराडाँडा उनीहरूको मूल भूमि हो । खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, कानेश्वर, बासपानी, नेटा कुन्छा, तान्द्राङमा पनि दुराको बसोबास भेटिन्छ । वर्धान, हाँडीखोला, वास्के, लाङ्दी, पतरी, सिठानी, सम्ले, सानोस्वाँरा, भदौरे, रामबजार, भोर्लेटार र सुन्दरबजारमा पनि दुराका केही घरहरू छन् ।
लमजुङमा राजा थापेर त्यो राज्यलाई तीन सय वर्षसम्म टिकाएका यी ‘किङ मेकर’ हरूले राजाबाट काजी, सरदार वा उच्च पद केही पाएको भने इतिहास पढ्न पाइएको छैन । बरु गोरखालीसँगको युद्धको समयमा लुटमा परेको आफ्नो धनसम्पति पनि उनीहरूले फिर्ता पाएनन् ।
इतिहासकार ज्ञानमणि नेपालले ‘नेपालको महाभारत’ (२०५२ः८९) मा यस सम्बन्धी वि.सं. १८५७ ज्येष्ठ वदी ४ सोमबारको एउटा लालमोहर प्रकाशित गरेका छन् । यसअनुसार चेपे मस्र्याङ्दी पश्चिम भेरी पूर्वका ब्राह्मण, जोगी संन्यासी, भाट, रजपुत, खस, मगर, गुरुङ, लामा र दुरा बाहेक युद्धको बेला लुटमा परेको नगद, जग्गा जमीन फिर्ता गरिदिनु भन्ने परेको छ । लालमोहर अनुसार नेवार, माझी, कुमाल, दरै, दनुवार, रोहानी लगायतका जातिले भने नगद र जग्गा जमीन फुकुवा पाएका थिए ।
पछि लमजुङबाटै फुटेर यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहले गोरखा राज्य स्थापना गरे । उनकै दरसन्तानले नेपालमा लामो समय शासन चलाए ।
दुराडाँडा जाने मार्गहरू
काठमाडौं, पोखरा र बेंशीसहरबाट दुराडाँडा सार्वजनिक बस सञ्चालनमा छ। आफ्नै निजी सवारीमा जानेहरुका लागि पृथ्वीराज मार्गको डुम्रेदेखि पाउँदी खोला-सुन्दर बजार हुँदै करिब १८८ किलोमिटरको दुरी ७ घण्टामा पुरा गरेर दुराडाँडा पुग्न सकिन्छ । पोखराबाट जानेले डुम्रे हुँदै गएपनि वा पोखराबाट सिधै बेगनास ताल, भोर्लेटार अर्थात मध्यपहाडी लोकमार्ग भएर पनि दुरडाँडा पुग्न सकिन्छ । अर्को बाटो गाउँसहर हुँदै बाख्रेजगत भञ्ज्याङ भएर जान पनि सकिन्छ ।
View Document