flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

२०८२ जेष्ठ १३ गते श्रीकान्त अधिकारीको ९९औं जन्मजयन्ती कार्यक्रम

Home
/
२०८२ जेष्ठ १३ गते श्रीकान्त अधिकारीको ९९औं जन्मजयन्ती कार्यक्रम
२०८२ जेष्ठ १३ गते श्रीकान्त अधिकारीको ९९औं जन्मजयन्ती कार्यक्रम

२०८२ जेष्ठ १३ गते श्रीकान्त अधिकारीको ९९औं जन्मजयन्ती कार्यक्रम

Date: 2082-02-13

आज २०८२ जेष्ठ १३ गते श्रीकान्त अधिकारीको ९९औं जन्मजयन्ती दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारीको अध्यक्षतामा डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. जगदीशचन्द्र पोखरेल, डा. दीपेन्द्र बहादुर क्षेत्री, डा. मिन बहादुर श्रेष्ठ, डा. चन्द्रमणी अधिकारी र डा. गोविन्द नेपाल पूर्व योजना आयोग सदस्यहरूको आर्थिक योजना र विकासका बारे विचार र टोखा मेयर प्रकाश अधिकारी र पत्रकार प्रा. पुरुषोत्तम दहाल विकासविद्् श्री भारती सिलवालको विशेष सम्बोधन, प्रतिष्ठानका उपाध्यक्ष गणेश न्यौपानेले धन्यवाद र प्रतिष्ठानका अध्यक्षबाट धन्यवाद ज्ञापनका साथै समापन भएको कार्यक्रम नमूनाको रहयाे । र्कायक्रममा दुराडाँडा भेगका सामुदायिक विद्यालय मध्येबाट पुरस्कृत एवं सम्मानित हुनुहुने संस्कृति सदन माविका छात्रछात्राहरू निश्चल अधिकारी, ज्योति गौली, ऋतु दुरा र समीक्षा तिमल्सिना पनि कार्यक्रमका आर्कषण बनेका थिए ।
को हुन त श्रीकान्त अधिकारीर ?
१९८४ जेठ १३ गते कृष्णपक्षको दशमीका दिन पश्चिम ३ नं. लमजुङ दुराडाँडा स्वाँरामा मु. देवीदास अधिकारीका नाति हरिदास अधिकारी र इन्दुमायाँ अधिकारीका पुत्र प्रसादको रूपमा श्रीकान्तको जन्म भएको थियो । उहाँ आफ्नी आमाका पाँचौ सन्तान हुनुहुन्थ्यो । दुइ आमा इन्दुमायाँ र चुडाँमायाँ हुनुहुन्थ्यो उहाँहरूबाट ६ दिदी बहिनी टिकामाया घिमिरे, शुरथमायाँ सिग्देल, प्रभा सुवेदी, विष्णुमायाँ न्यौपाने, गोमा आचार्य र लक्ष्मी बराल तथा ७ दाजुभाइ पद्मकान्त अधिकारी, लक्ष्मीकान्त अधिकारी, श्रीकान्त अधिकारी, भीष्मकान्त अधिकारी, चन्द्रकान्त अधिकारी, विष्णुकान्त अधिकारी र अरुणकान्त अधिकारी गरी हाल १० दाजुभाइ दिदी बहिनीका परिवार अस्तित्वमा रहेका छन् । उहाँले भागिरथी घिमिरे र गायत्री अर्यालसँग विवाह गरी बिमला, सबला र प्रभाका पिता हुनुभयो । गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौं आरोह–अवरोहहरू पार गर्दै सामाजिक तथा राजनैतिक जिम्मेवारीका लागि सफल उहाँको जीवन सबैका लागि प्रेरणादायी र ऊर्जापूर्ण छ ।
घर पिँडीमा शिक्षाका लागि रामदत्तको सामिप्यमा हुँदै स्थानीय धुँवाउने ठाँटीको भाषा पाठशालामा उहाँकोे प्राथामिक शिक्षा चिरन्जिवी अधिकारीबाट प्रारम्भ भयो । त्यसपछि उहाँका गुरूका रूपमा स्थापित हुनुभयो टीकाराम पौडेल । गुरू टीकारामबाट श्रीकान्तले अमरकोश, हितोपदेश, लघुकौमुदी, सप्तसती चण्डी आदि पढेको पाइन्छ । १९९८ तिर काठमाडौंमा पढ्दै हुनुभएका दाजु नरकान्तले जाडो बिदामा घर आएका बेला भाइहरू श्रीकान्त र भीष्मकान्तलाई पढाउन आफूसँगै काठमाडौं लिएर आउनुभयो लैनचौरमा । नरकान्तले यसरी श्रीकान्तलाई दुराडाँडाबाट काठमाडौं पुर्याएर रानीपोखरी पाठशालामा भर्ना गरिदिनुभयो । यस पछि श्रीकान्त अधिकारी जीवनको गोरेटोमा अघि बढ्ने क्रम शुरु भयो । पढ्ने क्रममा संस्कृत पाठशालामा शिक्षाका साथै विद्यार्थीमा संस्कृत शिक्षाको विभेद र देशमा रहेको जहानियाँ राणा शासन विरुद्धको आवाज उठ्न थाले जुन आवाजमा श्रीकान्त अधिकारी पनि समाहित हुनुभयो र उहाँमा राजनीतिक चेत उर्जावान् हुन थाल्यो र उहाँ राजनीतिमा सरिक हुन थालेको पाइन्छ ।
राजनीतिक यात्रा
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई कालक्रम र घटनाअनुसार ४ चरणमा विभाजन गरेको पाइन्छ । सोही कालचक्रलाई श्रीकान्त अधिकारीको राजनीतिक घटना क्रम र यिनै आन्दोलनलाई जोडेर हेर्ने हो भने उहाँको राजनीतिक जीवनलाई ५ चरणमा जोडेर उहाँको राजनीतिक यात्रालाई यहाँ उतार्ने प्रयास गरिएको छ ।
(क) पहिलो चरण ः— जयतु संस्कृतम्, राणा विरोधी, प्रजातन्त्र प्राप्ति २००७ र २०१५ बीचको राजनीति ।
(ख) दोस्रो चरण वि.सं. २०१५ देखि वि.सं.२०१७ बीचको संसदीय व्यवस्थामा सांसद ।
(ग) तेस्रो चरण वि.सं. २०१७ देखि वि.सं. २०४६ (पञ्चायत) बीचको राजनीतिक उतार चढाव ।
(घ) चौथो चरण वि.सं. २०४६ देखि वि.सं. २०६२/६३ (प्रजातन्त्र) बीचको आन्दोलन ।
(ङ) २०६२/६३ (लोकतन्त्र) पछि जीवन पर्यन्तसम्म ।

View Document

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्