flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

श्रीकान्त अधिकारीको ९७ औं जन्मजयन्ती तथा पुस्तक विमोचन कार्यक्रम २०८० जेठ १२

Home
/
श्रीकान्त अधिकारीको ९७ औं जन्मजयन्ती तथा पुस्तक विमोचन कार्यक्रम २०८० जेठ १२
श्रीकान्त अधिकारीको ९७ औं जन्मजयन्ती तथा पुस्तक विमोचन कार्यक्रम २०८० जेठ १२

श्रीकान्त अधिकारीको ९७ औं जन्मजयन्ती तथा पुस्तक विमोचन कार्यक्रम २०८० जेठ १२

Date: 2081-04-29

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा मिति २०८० जेठ १२ गते प्रतिष्ठानको कार्यलय (धापासीमा चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) पुस्तक विमोचन कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व टोखा न.पा. का प्रमुख (मेयर) श्री प्रमुख प्रकाश अधिकारी तथा विशेष आमन्त्रित व्यक्तित्व टोखा न.पा. वडा नं. ७ का अध्यक्ष श्री नरोत्तम राना, चेतनाको मुहानका लेखकहरु लगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले गर्नुभएको र कार्यक्रम सञ्चालन संस्थाका सचिब देशबन्धु अधिकारीले गर्नुभएको थियो । प्रमुख आमन्त्रित व्यक्तित्व टोखा न.पा. का प्रमुख (मेयर) प्रकाश अधिकारीले श्रीकान्त अधिकारी जस्तो बहुआयामिक व्यक्तिको नाममा स्थापना भएको प्रतिष्ठानसँगको सहकार्यमा ”चेतनाको मुहान शैंक्षिक विशेषाङ्क)“ प्रकाशन हुनु खुसीको कुरा भएको र नगरपालिकाले आगामि दिनमा पनि यस प्रतिष्ठानसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भएको थियो । पुस्तकमाथि  प्रकाश पार्दै लेखक समेत रहेका शरणकुमार अर्यालले चेतनाको मुहान शैक्षिक विशेषाङ्क ऐतिहाँसिक र अमूल्य बनेको बताउनुभयो । उहांले समीक्षात्मक शैलीमा २२ वटा लेखहरु तथा पुस्तकका अन्य सबल तथा कमजोर पक्षमाथि टिप्पणी गर्नुभएको थियो । लेखक कुलचन्द्र वाग्लेले श्रीकान्त अधिकारीको वहुआयामिक व्यक्तित्वको बारेमा आफ्ना धारणा राख्नु भएको थियो । त्यसैगरेर लमजुङ्ग, दुराडाँडामा सम्पन्न शिक्षा सम्मेलन, २०१० को प्रतिवेदनको विवेचना प्रा.डा. गोविन्द नेपालले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपादध्क्ष गणेश न्यौपाने लगाएत परिवारका सदस्य तथा संघ संस्थाबाट दुरा सेवा समाज, दुराडाँडा सेवा समाज लगाएतका वक्ताले श्रीकान्त अधिकारीका विविध पक्षमा आफ्नो मन्तब्य राख्नु भएको थियो । भब्य र सभ्य रुपमा सञ्चालित कार्यकमलार्इ कार्यक्रमको सभापतित्व गर्नुभएकी प्रतिष्ठानकी अध्यक्षले सवैलाई धन्यवाद र आभार प्रकट गर्दै समापन गर्नुभएको थियो । 

यसैगरेर श्रीकान्त अधिकारीको जन्म जयन्तीको अवसर पारेर मिति २०८० जेठ १३ गते दियालो पार्टी प्यालेसमा विमोचन गरिएको पुस्तक माथिको समीक्षा कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. जयराज आचार्य, विशेष अतिथिहरुमा पूर्व सहायक मन्त्री दीनवन्धु अर्याल, नेता जगतवन्धु अर्याल, पुस्तकमा लेख उपलब्ध गराउनुहुने लेखकहरू, वौध्दिक व्यक्तित्वहरु तथा विशिष्ट महानुभावहरूको उपस्थिति थियो । प्रमुख आमात्रित व्यक्तित्व जयराज आचार्यले नेपालको राजनीतिक , सामाजिक र शैक्षिक अवस्थाका विभिन्न पक्षहरुमा आफ्ना धारणा राख्नु भएको थियो उहाँले जनताको जनविश्वासले नै लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्र बचाउन सकिने कुरामा जोड दिनु भएको थियो । पूर्व मन्त्री दीनवन्धु अर्यालले श्रीकान्त अधिकारी बहुआयामिक व्यक्तित्व भएको मा जोड दिदै उहाँका विविध पक्षमाथि प्रकाश पार्नु भएको थियो । अन्य वक्क्ताहरुले पनि पुस्तकका बारेमा, श्रीकान्त अधिकारीका बारेमा आआफ्ना दृष्टिकोण राख्नु भएको थियो । कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रमको समापन, सभापति गायत्री अधिकारीको समापन मन्तब्य पछि भएको थियो ।

 

View Document

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्