दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)
श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि अमूल्यः पुस्तक वनेको छ । यस पुस्तक केवल शैक्षिक विशेषाङ्क मात्र होइन ऐतिहाँसिक उत्कृष्ट शैक्षिक लेखहरुको संग्रह वनेको छ भन्नु गलत हुने छैन । नेपालका शिक्षा क्षेत्रका मूर्धन्य व्यक्तित्वहरु र विभिन्न क्षेत्रमा लागेका विद्वानहरु (प्रा.डा. जयराज आचार्य डा. जगमान गुरुङ, प्रा.डा. विद्यानाथ कोइराला, डा. पूर्णकान्त अधिकारी, प्रा.डा. गोविन्दराज पोख्रेल, डा.हरिप्रसाद लम्साल, प्रा.डा कृष्णराज तिवारी, प्रा. डा. हरिदर्शन श्रेष्ठ, पुष्परमण वाग्ले (पि.एच.डी.), डा दिपेन्द्र गुरुङ्ग, डा. गोविन्दराज खनिया, कुलचन्द्र वाग्ले, तिर्थराज न्यौपाने, राजेन्द्र अधिकारी, इन्द्र विलास घिमिरे,. शरण कुमार अर्याल, मायाँ देवी शर्मा र गोकुलप्रसाद दुरा) का गरी २२ वटा लेखहररु छन् ।
लेखकहरुले आफ्ना लेखहरु मार्फत अन्तराष्ट्रिय शिक्षा हालको अवस्था र नेपालको स्थिति, स्थानीय ऐन शैक्षिक गीति विधिमा आइपर्ने समस्या तथा सुधारको वाटो, गुणस्तरीय शिक्षा र दायित्व, नेपालको संविधानले व्यवस्था गरको शिक्षा र कार्यन्वयनमा चुनौती, नेपालको उच्च शिक्षाको एक झंलक, शिक्षामा सस्कृत वाङ्मयको उपेक्षा र विस्मृत विषय विद्या अध्ययनको अपेक्षा, नेपालका उच्चशिक्षाका चुनौती र समाधानका उपाय, शिक्षा र सामुदायिक विद्यालयका संक्षिप्त अवधारणा, शिक्षाको विश्वव्यापीकरणमा स्थानीय ज्ञान र मानव विकास, शिक्षामा राजनीतिकरणले पारेको दुष्प्रभाव, हाम्रो शिक्षा प्रणालीमा थिति बसेकै छैन, दुरदर्शिताका पर्याय श्रीकान्त अधिकारी–एक अध्ययन, शैक्षिक इतिहासको जगमा दुराडाँडा, नेपालमा निजी शिक्षा र यसको योगदान, गुणस्तरीय शिक्षा चुनौतीका चाङ र समाधानका उपायहरु, नेपालमा शिक्षाको विकासक र श्राीकान्त अधिकारी, गुणस्तरीय शिक्षामा के हामी चुकेका नै हौ ? कमी कमजोरी र सुधारका प्रयास, सस्कृत शिक्षाको महत्व र अहिलेको आवश्यकता, विद्यालय बगैंचा र सहकारी अभियानमार्फत गुणस्तरीय शिक्षा, जस्ता विषयहरुमा गहिरो ढंंगवाट विश्लेषण गरी प्रकाश पार्नु भएको छ । प्रत्येक लेखहरु समय सान्र्दभिक तथा उत्कृष्ठ रहेको विचार पुस्तक विमोचन कार्यक्रमका वक्ताहरु मात्र होइन पछि पाठक प्रतिक्रियाका रुपमा समेत आएको पाइन्छ ।
यसै गरेर यस पुस्तकको पहिलो खण्डमा यस प्रतिष्ठानले टोखा नगरपालिकाको सहकार्य मा शिक्षा गोष्ठीको प्रतिवेदन, गोष्ठीमा टोखा नगरपालिकाका शिक्षा प्रमुख वावुराम गौतम, शिक्षा विभागका निर्देशक टुकराज अधिकारी र प्रा डा गोविन्द नेपाल तथा रविकान्त अधिकारीले प्रस्तुत कार्यपत्र, विज्ञ डा दिपेन्द्र गुरुङको टिप्पणी का साथै लमजुङ दुराडाँडामा सम्पन्न शिक्षा सम्मेलन २०१० को प्रतिवेदन, नेपाल शिक्षा आयोगलाइ दिएको सुझाव र श्रीकान्त अधिकारी ः एक चिनारी समाविष्ट छन् । यी समेटिएका विषयवस्तुहरु पनि उत्तिकै महत्वपूर्ण दस्तावेज हुन भन्दा फरक पर्नेछेैन । यसरी यो पुस्तक निती निर्माता, शिक्षा क्षेत्रमा संलग्नहरुका लागि कोषेढुङ्गा नै सावित हुनेछ भने शिक्षाक्षेत्रमा रुचिराख्ने अभिभावक, विद्यार्थीहरु र शिक्षकहरुका लागि एकपटक पढ्दा फलदायीनै हुने विश्वास लिन सकिन्छ । समग्रमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको यसप्रयास सह्रानीय रहेको, पुस्तक संग्रहणीय र ऐतहासिक रहेको पाठक प्रतिक्रिया पाइन्छ ।
View Document