flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

श्रीकान्त अधिकारीको ९८ औं जन्मजयन्ती तथा चेतनाको मुहान राजनीतिक विषेशाङ्क २०८१ पुस्तक निमोचन कार्यक्रमका सन्दर्भमा

Home
/
श्रीकान्त अधिकारीको ९८ औं जन्मजयन्ती तथा चेतनाको मुहान राजनीतिक विषेशाङ्क २०८१ पुस्तक निमोचन कार्यक्रमका सन्दर्भमा
श्रीकान्त अधिकारीको ९८ औं जन्मजयन्ती तथा चेतनाको मुहान राजनीतिक विषेशाङ्क २०८१ पुस्तक निमोचन कार्यक्रमका सन्दर्भमा

श्रीकान्त अधिकारीको ९८ औं जन्मजयन्ती तथा चेतनाको मुहान राजनीतिक विषेशाङ्क २०८१ पुस्तक निमोचन कार्यक्रमका सन्दर्भमा

Date: 2081-02-13

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा मिति २०८१ जेठ १३ गते दियालो पार्टी प्यालेसमा श्रीकान्त अधिकारीको ९८ औं जन्मजयन्ती तथा चेतनाको मुहान (राजनिक विशेषाङ्क) पुस्तक विमोचन कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व सभामुख श्री दमननाथ ढुङ्गाना, विशेष आमन्त्रीत व्यक्तित्वहरु, संविधानसभा सदस्य खिमलाल देवकोटा,  राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष श्री गोविन्दराज पोखरेल, वरिष्ठ पत्रकारः पुरुषोत्तम दाहाल, चेतनाको मुहान का लागि लेखरचना उपलब्ध गराउनुहुने लेखकहरु र विशिष्ट महानुभावहरुको  उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारीले र सञ्चालन संस्थाका सचिव देशवन्धु अधिकारीले गर्नुभएको थियो । 

लेखकहरुलाइ खादा र फूलको गुच्छाले सम्मान गरिएको सो कार्यक्रममा प्रमुख वक्ता लगात अन्य वक्ताहरु (श्री दमननाथ ढुङ्गाना, गोविन्दराज पोखरेल, खिमलाल देवकोटा र पुरुषोत्तम दाहाल) ले वर्तमान नेपालको राजनीतिक अवस्था, लोकतन्त्र कमजोर हुनुका कारणहरु, हलोकान्ति र सामाजिक रुपान्तरणमा यसको योगदान, पुस्तकमा समावेश लेखहरुको संक्षिप्त विवेचना, नेपालको शैक्षिक, सामाजिक तथा राजनैतिक क्षेत्रमा दुराडाँडा र श्रीकान्त अधिकारीले पुयाएको योगदान आदि विषयमा आफ्नो धारणा राख्नु भएको थियो । प्रमुख अतिथी दमननाथ ढुङ्गानाले लोकतन्त्र÷प्रजातन्त्र आफमा कमजोर हुने विषय नभएर, नेताहरुको अक्षमता, अनैतिक क्रियाकलाप, दूरदृष्टिको अभाव, नैतिक आचरणको कमीले यस्तो लागेको हुन सक्ने वताउनु भयो । उहाँले राष्ट्रका लागि ठूलो योगदान पुयाउने व्यक्तिहरुको सम्मान राज्यले नै गर्नु पर्नेमा जोड दिनु भएको थियो । खिमलाल देवकोटाले श्रीकान्त अधिकारी वास्तवमा नै क्रान्तिकारी नेता भएको भन्दै हलोक्रान्तिसामाजिक तथा राजनीतिक चेतना र परिवर्तनका लागि अग्रगामी कदम रहेको कुरामा जोड दिनु भएको थियो । गोविन्दराज पोख्रेलले दुराडाँडासंग आफ्नो भावनात्मक सम्वन्ध रहेको वताउदै लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने कुरामा जोड दिनु भयो । पुरुषोत्तम दाहालले कुनै पनि व्यक्तिलाइ देवत्वकरण र दानवत्वकरण गर्न नहुने कुरामा जोड दिदै श्रीकान्त अधिकारी सरल व्यक्तिभएको मानिस हुनुहुन्थयो भन्ने विचार व्यक्त गर्नु भएको थियो । कुनै पनि व्यक्तिको जीवनी वारेमा प्रकाश पार्न सबैभन्दा गार्हो काम रहेछ भन्दै शरण कुमार अर्यालले श्रीकान्त अधिकारीको व्यक्तिगत, पारीवारिक तथा सामाजिक जीवनका बहुपक्ष माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रम सटिक थियो । समय व्यवस्थापन ज्यादै राम्रो थियो । उपस्थिती गहकिलो थियो । समग्रमा श्रीकान्त अधिकारीको ९८ औं जन्मजयन्तीमा अभिव्यक्त मन्तव्य, लेखक सम्मान र विषयको प्रस्तुती,  छात्र छात्राको पुरस्कार सम्मान कार्यक्रमले सभा सुगन्धित भएको महसुस सबैले गर्न पाइएको थियो ।

View Document

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्