flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

श्रीकान्त अधिकारी स्मृतिग्रन्थ

Home
/
श्रीकान्त अधिकारी स्मृतिग्रन्थ
श्रीकान्त अधिकारी स्मृतिग्रन्थ

श्रीकान्त अधिकारी स्मृतिग्रन्थ

Date:

श्रीकान्त अधिकारी स्मृति ग्रन्थ

श्रीकान्त अधिकारी नेपालको राजनीतिक,सामाजिक र  शैक्षिक क्रान्तिका पर्याय हुन्। उनी जीवनपर्यन्त लोकतन्त्रशैक्षिक सुधार र सामाजिक जागरणका क्षेत्रमा अविराम समर्पित रहनुभयो । विकासको मूल आधार वैज्ञानिक एवम् व्यावहारिक शिक्षा भएको तथ्यलाई हृदयङ्गम गर्नुभएका जीवनपर्यन्त यस क्षेत्रको उन्नयनमा जुटिरहनुभयो । नेतृत्व गरिरहनु भयो । समाजलाई उत्प्रेरित र अभिप्रेरित गरिरहनुभयो । विसं १९८४ जेठ १३ गते लमजुङको दुराडाँडा स्वाँरामा जन्मिनु भएका श्रीकान्त २०६९ साल कार्तिक ३० गते यस धराधामबाट बिदा हुनुभयो। 

श्रीकान्त अधिकारीको व्यक्तित्वका पाटा बहुआयामिक छन् । शैक्षिकसामाजिक र राजनीतिक वृत्तमा विशिष्ट पहिचान बनाएका श्रीकान्तका योगदानलाई अभिलेखीकरण गरी चिरकालपर्यन्त जीवन्त राख्न सकियोस् र उहाँको जीवन दर्शनलोकतन्त्रप्रतिको समर्पण र सामाजिक जागरणको उच्च चेत र नेतृत्वक्षमताबाट भावी पुस्ता पनि अभिप्रेरित हुन सकोस् भन्ने उद्देश्यले श्रीकान्त अधिकारी स्मृति ग्रन्थ प्रकाशन समितिबाट २०७० सालको चैत्रमा स्मृति ग्रन्थ प्रकाशन भएको हो। 

डा.तीर्थराज सुवेदी(हंसपुरे) सम्पादन संयोजनमा प्रकाशित यस ग्रन्थमा विभिन्न १२१ जनाका स्मृति आलेखकविता रहेका छन् । यसको साथै उहाँले प्राप्त गरेका सम्मान पत्र, अभिनन्दनपत्रस्मरणीय तस्वीरहरूसमेत समेटिएको छ। श्रीकान्तको व्यक्तित्वबारे विशद जानकारी प्राप्त गर्न सकिने यो ग्रन्थ पठनीय र सङ्ग्रहणीय छ ।

 

View Document

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्