flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

रश्मि स्मृति ग्रन्थ

Home
/
रश्मि स्मृति ग्रन्थ
रश्मि स्मृति ग्रन्थ

रश्मि स्मृति ग्रन्थ

Date:

रश्मि स्मृति ग्रन्थ,२०७९

लमजुङ, दुराडाँडाको चारघरेमा विसं २०१६ साल फागुनमा जन्मिएकी रश्मि खनाल प्रतिष्ठानको संस्थापक सदस्य एवं आजीवन सदस्य हुनुहुन्थ्यो । पेशाले शिक्षा सेवी रश्मिले लामो समय विद्यालय र कलेज तहमा शिक्षण गर्नुभयो। उहाँ मुद्रण व्यवशायमा पनि संलग्न रहिन्। यसै गरी दर्जनौं संघ,संस्थामा आवद्ध रहेर विकास, पर्यावरण संरक्षण, महिला सशक्तीकरण एवं सामाजिक सेवाका विविध क्षेत्रमा खटिरहनु भयो। आफ्नो कर्ममा अविश्रान्त जुटिरहेकैबेला अनयास कोरोना महामारीको चपेटामा परेर २०७८ साल जेठ १८ गते अल्पायूमै उहाँको स्वर्गारोहण भयो।

रश्मि सशक्त नारी चेतना र सक्रियताकी पर्याय हुनु हुन्थ्यो। साधारण परिवेशबाट उठेर मानिसले आफूलाई कसरी आफ्नो जीवनवृत्ति र सामाजिक सेवाको मार्गमा समाहित गर्दै जीवन नाउलाई सन्तुलित रुपमा अघि बढाउँछ भन्ने उदाहरण हुन्। उनको यो सरल,शान्त र सक्रिय जीवन पद्धतिलाई उजागर गरी भावि पुस्तालाईसमेत यस्तै सुकर्ममा अभिप्रेरित गर्न सकियोस् भन्ने पुनित उद्देश्यले प्रतिष्ठानको दोस्रो प्रकाशन मालाको रुपमा यो ग्रन्थ प्रकाशनमा आएको हो। देशबन्धु अधिकारी सम्पादन समितिको संयोजक र प्रा.डा. जीवन अधिकारी अतिथि सम्पादक रहेको यस ग्रन्थमा जीवनी, लेख रचना, कविता, मान-सम्मान र प्रमाणपत्र तथा तस्वीरमय गतिविधि गरी पाँच खण्ड छन्। कुल ४५३ पृष्ठ रहेको यस ग्रन्थले स्वर्गीय रश्मि खनालको समग्र व्यक्तित्वलाई उजागर गरेको छ।

 

View Document

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्