दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)
चेतनाको मुहान प्रतिष्ठानको वार्षिक प्रकाशन हो। यसको प्रकाशन २०८० देखि प्रारम्भ गरिएको छ। चेतनाको मुहानलाई जर्नलको ढाँचामा र सोही स्तरमा प्रकाशन गर्ने जमर्को गरिएको छ। हरेक वर्ष कुनै एक विषयसँग सम्बन्धित सामग्री समेटी विषेशाङ्कको रुपमा प्रकाशन गरिने यो जर्नल दूरद्रष्टा श्रीकान्त अधिकारीको जन्मजयन्तीको अवसरमा लोकार्पण गरिन्छ।
टोखा नगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानद्वारा आयोजित शिक्षा गोष्ठी चेतनाको मुहानको 'पृष्ठभूमि' हो। प्रतिष्ठानले २०७९ माघमा नगरपालिकासँगको सहकार्यमा एक दिवसीय शैक्षिक गोष्ठीको आयोजना गरेको थियो। गोष्ठीमा मुलुकको शिक्षा नीति, स्थानीय तहको शिक्षा नीति, विसं २०१० सालमा लमजुङको दुराडाँडामा सम्पन्न राष्ट्रिय शिक्षा सम्मेलनका सुझाव र तिनको सान्दर्भिकताबारे विद्वानहरूबाट कार्यपत्र प्रस्तुत भई छलफल, अन्तरक्रिया गरिएको थियो। सो कार्यक्रमको प्रतिवेदन तयार गर्ने सन्दर्भमा चेतनाको मुहानको जन्म भएको हो। उपर्युक्त गोष्ठिमा प्रस्तुत कार्यपत्र, विज्ञको टिप्पणी, सहभागीबाट प्राप्त सुझाव र शिक्षा क्षेत्रमा संलग्न विद्वानहरुका लेख,रचना समेटी प्रकाशन गरिएको चेतनाको मुहानको पहिलो अङ्कलाई शैक्षिक विशेषाङ्कको रुपमा प्रकाशन गरिएको छ।
प्रस्तुत विशेषाङ्क मुलुकका स्थानीय तह एवम् शिक्षा क्षेत्रका जिज्ञासुहरुका लागि निकै उपयोगी रहेको प्रतिक्रिया प्राप्त भएको छ।
View Document