दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट
स्मृति-विम्बमा भीष्मकान्त अधिकारी
भीष्मकान्त अधिकारीको जन्म १९८६ कार्तिकमा लमजुङ दुराडाँडाको स्वाँरा गाउँमा भएको हो। मूलतः शिक्षासेवीको परिचय बनाउनुभएका भीष्मकान्त नेपालको राजनीति र सामाजिक जागरणका आन्दोलनमा पनि अग्रपङ्तिमा रहेर काम गरेका व्यक्तित्व हुनु हुन्थ्यो ।
अङ्ग्रेजी शिक्षा लिने अवसर पाएका भीष्मकान्त अधिकारीले लमजुङको दुराडाँडा र चितवनको शैक्षिक विकासमा अतुलनीय योगदान गर्नु भयो। ठूलो गुन लगाएका छन्। लमजुङकै पहिलो मिडिल स्कुल सर्वोदयमा २००९ सालदेखि हेडमास्टरको जिम्मेवारी सम्हालेका भीष्मकान्तले सर्वोदयको हाइस्कुल भवनको निर्माण र स्कुल सक्षम नभएसम्म तलब नलिने र यसलाई छोडेर कतै नजाने भनी गरेको 'भिष्म प्रतिज्ञा' र तदनुरुपको सेवा विर्सन नसकिने घटना हुन् । लमजुङबाट चितवन झरेपछि चितवन हाइस्कुलमा आवद्ध भएका भिष्मकान्तले २०२२ सालदेखि विद्यालको प्रधानाध्यापक भएर सेवा गर्नुभयो । वीरेन्द्र कलेजको स्थापनाको अगुवाई गर्नुभयो । समग्रमा भीष्मकान्त जीवनपर्यन्त शिक्षा सेवामा संलग्न रहिरहनु भयो।
भीष्मकान्त अधिकारीको जीवनीमा आधारित यो स्मृति ग्रन्थको प्रकाशक उनका छोरा शरदकान्त अधिकारी र बुहारी सुमित्रा अधिकारी रहेका छन् भने प्रा.डा. जीवन अधिकारी, डा. महेन्द्रनाथ अधिकारी र रविकान्त अधिकारीको सम्पादन रहेको छ । यसमा रहेका स्मृति आलेखले भीष्मकान्तको जीवनीका विविध पाटालाई उजागर गर्नुको साथै समकालीन नेपालको शिक्षा, राजनीति र सामाजिक जागरणका विविध घटनालाई समेटेका छन्।
यो ग्रन्थ प्रतिष्ठानको आफ्नो प्रकाशन होइन अपितु 'सम्झना भेट' को रुपमा प्रतिष्ठानलाई समर्पण भएको हुनाले प्रतिष्ठानको वेवसाइटबाट समेत उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।