flag

   दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आधिकारिक वेबसाइट

चेतनाकाे मुहान

Home
/
चेतनाकाे मुहान
चेतनाकाे मुहान

चेतनाकाे मुहान

Date:

चेतनाको मुहान (राजनीतिक विशेषाङ्क)

प्रतिष्ठानले यस वर्ष २०८१ को 'चेतनाको मुहानलाई राजनीतिक विशेषाङ्ककोरुपमा प्रकाशन गरेको छ। राजनीति खास सिद्धान्त र आदर्शबाट प्रेरित हुन्छ । यसको प्रभाव व्यापक र दूरगामी हुने भएकोले यसलाई सबै नीतिहरुमा श्रेष्ठ नीति मानिन्छ।

संसारभर नै राजनीतिक आदर्श र मूल्य मान्यतामा स्खलन आएको छ। संसारभर नै नेतृत्वकर्ताहरु यसको आदर्शबाट च्युत भएको पाइएको छ। हामी पनि यसबाट अछुतो छैनौं। यही सन्दर्भमा राजनीतिको सिद्धान्त र आदर्श, यसको व्यावहारिक प्रयोगको अवस्था र आगामी मार्गचित्रबारे केन्द्रित विभिन्न १९ जना विद्वानहरुका लेख रचना समेटी यो अङ्कको प्रकाशन गरिएको छ। यसको साथै परिशिष्टमा नेपालको राजनीतिक घटनाक्रमसँग सम्बन्धित विविध सामग्रीलाई समेटिएको छ।

चेतनाको मुहान (राजनीतिक विशेषाङ्क) को लोकार्पण २०८१ जेठ १३ गते श्रीकान्त अधिकारीको ९८ औं जन्मजयन्तीको अवसरमा पूर्वसभामुख दमननाथ ढुङ्गानाबाट गरिएको थियो। कार्यक्रममा संविधान सभा सदस्य खिमलाल देवकोटा, राष्ट्रिय योजना आयोगका सदस्य डा. गोविन्द पोखरेलले विशेषाङ्कको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो। प्रस्तुत अङ्क नेपालको राजनीतिबारे चासो राख्नुहुने सबैका लागि पठनीय रहेको छ।

View Document

कार्यक्रम तथा गतिविधि

श्रीकान्त अधिकारी ९१औँ जन्मजयन्ती

2024-07-09  राससआइतबार, १३ जेठ २०७५काठमाडौँ -विसं २००६ का हलो क्रान्तिका नायक स्वर्गीय श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । अधिकारीको ९१औँ जन्मजयन्तीका अवसरमा आज दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी विसं २००६ मा लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका स्व...
थप पढ्नुहोस्

चेतनाको मुहान २०८० बाट हरेक वर्ष फरक फरक विषयका विशेषाङ्क प्रकाशन गर्ने (शैक्षिक विशेषाङ्क)

2024-06-17 चेतनाको मुहान (शैक्षिक विशेषाङ्क)श्रीकान्त अधिकारीका योगदानलाई चिरस्थायी बनाउने र भावी पिढीलाई सामाजिक तथा शैक्षिक सेवाका क्षेत्रमा रचनात्मक ढंगले क्रियाशिल हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा २०८० मा प्रकाशित कृति यस चेतनाको मुहान (शैक्षिक विशेषाङ्क) शिक्षा क्षेत्रका लागि...
थप पढ्नुहोस्